रोयल पालममा कट्टु पार्टी

बिहिबार, २२ भदौ २०७४, १० : ५५ शुक्रवार , Kathmandu
रोयल पालममा कट्टु पार्टी

पोखराको रोयल पालममा शुक्रबार पुल पार्टी आयोजना भएको छ । म्युजिक डेस्टिनी इन्टरटेन्मेन्टले आयोजना गरेको पुल साइट कट्टुु पार्टीमा युवायुवती पुलमा हाम फाल्दै डिजेको संगीतमा रमाए । दिउँसो तीन बजेदेखि भनिए पनि वर्षाका कारण पार्टी समयमै हुन सकेन । ठूलो वर्षाका बाबजुद सिंगल तीन सय र जोडीले पाँच सयको टिकट किनेर पुल पार्टीमा रमाएका थिए ।
युवायुवतीलाई डिजे तामा र डिजे अर्पणाले विभिन्न संगीतको तालमा नचाएका थिए । नेपालका सात वटा सहरमा संचालन हुने चौथो संस्करणको यो पुल साइट कट्टु पार्टी चितवन, रुद्रपुर, नेपालगंज, बुटवल, इटहरी तथा अन्तिममा असोज ७ गते बिर्तामोडमा हुनेछ । पार्टीलाई रुस्लान भोड्काले प्रायोजन गरेको हो ।

Leave A Comment