‘डिमर्चा’को दसैँ गीत

बिहिबार, २९ भदौ २०७४, १२ : ०२ शुक्रवार , Kathmandu
‘डिमर्चा’को दसैँ गीत

चर्चित पोखरेली ब्यान्ड ‘डिमर्चा’ दसैँ गीत लिएर श्रोतामाझ आएको छ । झ्याम्म झ्याम्म, हुन्देरे लगायतका दर्जनौं लोक पप र र्याप गीत गाएर श्रोता दर्शकमाझ छुट्टै छाप छाड्न सफल डिमर्चा पछिल्लो क्रममा ‘दसैँ आयो’ बोलको गीत लिएर श्रोतामाझ आएको हो । यो गीत फङ्की रक प्याट्रनमा छ । फेरि एकपटक जुर्मुराउन नयाँ टिम मेम्बरसहित नयाँ गीतहरु रेकर्डमा लागेको डिमर्चाका भोकलिस्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
आधा दशकपछि नयाँ गीत रेकर्ड गरेको डिमर्चाले अन्य गीतहरु पनि रेकर्ड गर्ने तयारी गरेको गायक श्रेष्ठले बताए । उनका अनुसार ‘जबदेखि नेपालमा डेमोक्रेसी आको, डिमर्चा व्याण्डले ¥याप गीत गाको’, ‘घर्रघर्र पानी घट्ट’ लगायतका गीतहरु रेकर्डिङको क्रममा रहेका छन् । डिमर्चा व्याण्डको प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठ हुन् । उनले व्याण्डका अन्य साथीहरु व्यस्तताका कारण समय दिन नसकेपछि नयाँ मेम्बर थपेर गीत रेकर्डिङ शुरु गरेको बताए ।  
व्याण्डमा लिड गीतारमा सञ्जय नेपाल, बेस गीतारमा बिरेन्द्र पुन र ड्रममा प्रज्वल विके थपिएका छन् । श्रेष्ठबाहेक डिमर्चाका अन्य सबै नयाँ अनुहार हुन् । यसअघि डिमर्चाको लिड गिटारिष्टमा अनिल गुरुङ, बेस गितारमा बुद्धि थापा र ड्रमरमा जोनी लामा थिए । उनीहरु कार्यव्यस्तताका कारण नयाँ गीत रेकर्डमा समावेश नभएपनि व्याकअपमा रहेर काम गर्ने भोकलिष्ट श्रेष्ठले बताए । डिमर्चाले यसअघि ‘खैलाबैला भो’, ‘हुन्देरे’, ‘१,२,३ भन्दिने हो’, ‘झ्याम्म झ्याम्म’ र ‘कोहि छ किन्ने ? गरी ५ वटा एल्वम निकालिसकेको छ ।

Leave A Comment