र्याम्प क्रेज

शनिबार, २८ असोज २०७४, ०३ : ४६ मनोज घर्तीमगर
र्याम्प क्रेज

रंगीचंगी उज्यालोले सबैको ध्यान स्टेजतिरै थियो । स्टेज पनि दुलही झैं सिंगारिएको । दर्शक हलभरि खचाखच । लामो समयको पर्खाइपछि कम्मर हल्लाउँदै रेड कार्पेटमा मोडलको परेड सुरु भयो । सजी सजाउ स्टेजमा विभिन्न भावभंगिमा एकपछि अर्को गर्दै मोडल क्याटवाक गर्दै र्याम्पमा उत्रिएपछि दर्शकले तालिका पर्रा छुटाए । पालैपालो फरक पहिरनमा मोडलहरुका ‘क्याट–वाक’ले आकर्षित नगर्ने कुरै भएन । दाया“–बाया“ बसेका दर्शकले सुरुदेखि अन्त्यसम्म यो रंगीन माहोल मजाले नियाले । ‘फेसन जीवनशैली’ नाम दिएर पोखराको होटल बाराहीमा भर्खरै भएको एउटा फेसन सोमा यस्तै दृश्य देखियो ।
‘फेशन जीवनशैली’ मा काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडल सहभागी थिए । काठमाडौंका १५ र पोखराका ४ जनामध्ये सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देविका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मा लगायत र्याम्पमा उत्रेका थिए । अधिकांश व्यावसायिक मोडल सहभागी उक्त फेसन सोमा विभिन्न ६ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे । आरएनआर ग्रुपले पोखरामै पहिलो पटक यस्तो फेसन सोको चाँजोपाँचो मिलाएको थियो । राति करिब डेढ घण्टा चलेको ‘जीवनशैली’ नामक फेसन सोमा पोखरास्थित आइएम द बुटिककी अर्चना अर्यालद्वारा डिजाइन गरिएको लेहेंगा र साडी चोलो, जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोले वान पिस र गाउन गर दुई/दुई सिक्वेस मोडल उतारिए ।
पोखरामा अनेक नाम दिएर पछिल्लो समय यस्ता फेसन सो हप्तैपिच्छे हुन्छन् । बढ्दै गएको मोडलिङ तथा फेसन शैलीले पोखरामा ¥याम्प सोको क्रेज ह्वात्तै बढेको छ । र्याम्प सो अहिले पोखरामा चल्तीको इभेन्ट बनिसकेको छ । यतिसम्म कि डान्स पार्टीमा समेत फेसन सो राखिएको हुन्छ । मेला महोत्सवमा पनि फेसन सो अनि ससाना इभेन्टमा पनि फेसन सोबिना अपूरा हुन्छन् । भर्खरै भएको रेन्टरनेन्मेन्टमा कन्सर्ट पनि फेसन सो देखाइएको थियो । यस्तै रामबजारमा चलेको महोत्सवमा पनि फेसन सो देखाइयो । काठमाडौं, धरान, विराटनगर  लगायतका मुख्य सहरहरुमा जस्तै तालनगरी पोखरामा पनि ¥याम्प सोको दबदबा छ । ब्युटी कन्टेस्ट तथा डान्स पार्टीकै हाराहारीमा फेसन सोमा मोडलहरुको आकर्Èण बढ्न थालेको हो । ‘तारे होटलदेखि म्युजिकल कन्सर्टका स्टेज मात्रै होइन, मेला महोत्सवमा समेत धमाधम फेसन सो हुन थालेका छन्,’ एसटी क्रिएसनका म्यानेजर एवं कोरियोग्राफर सुरज थापा भन्छन्, ‘हामीले रामबजार महोत्सवमा फेसन सो गर्यौं । फेसन सो हरेक इभेन्टमा अनिवार्यजस्तै हुन थाल्यो ।’
फेसन सो कार्यक्रम गर्न विज्ञापनदाताले पनि सहयोग गर्ने भएकाले इभेन्ट अर्गनाइजरहरु यस्ता कार्यक्रमतिर बढी आकर्षित भएका हुन् । पोखरामा ट्रेनर नेपालले पनि मेला महोत्सवदेखि यहा“का तारे होटलहरुमा फेसन सो गर्छ । विभिन्न ब्युटी इभेन्टमा कन्टेस्टका नाममा होस् या अन्य विभिन्न नाममा यहा“ फेसन सोको लहर नै चलेको छ । ‘केही वर्षयता पोखरामा फेसन सो धेरै हुन थालेका छन्’, ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ भन्छन् । ट्रेनर नेपाल ब्युटी कन्टेस्टदेखि फेसन सोका कार्यक्रमहरु नियमित गर्नेमध्येमा अग्रपक्तिमा आउ“छ । यस्तै यहाँका दुई दर्जन बढी इभेन्टसँग सम्बन्धित संस्थाहरुले ¥याम्प शोको हलचल मच्चाइरहेकै छन् । अधिकांश युवतीहरुलाई मध्यनजर राखेर यस्ता फेसन सो हुने गरेका छन् । युवा लश्रित फेसन सो भने नगन्य मात्रमा हुने गरेका छन् । ‘पोखरामा फेसन सोका पारखीहरु धेरै छन्, जो महँगो टिकट तिरेर पनि फेसन सो हेर्न जान्छन्,’ ओम इभेन्टस्का इभेन्ट म्यानेजर अरुण गिरी भन्छन्, ‘इन्टरटेनमेन्टका लागि धेरैले फेसन सो मन पराउन थालेका छन् । ¥याम्प सो हेर्ने कल्चर विकसित भइरहेको छ ।’
कुनै बेला यहा“ यस्तो पनि थियो, फेसन सो आयोजना भयो कि छाडापन भित्रिएको गाइ“गुइ“ गर्नेहरुको जमात धेरै हुन्थ्यो । अचेल भने निर्धक भएर त्यही सो हेर्न पुग्छन् । सबैले सोको अर्थ बुझ्न थालेका छन् । फेसन सो केवल पारदर्शी पहिरनमात्र नभई कुनै ब्रान्ड होस् या पहिरन त्यसको प्रवद्र्धनका लागि  मोडलहरुलाई ¥याम्पमा उतार्ने प्रचलन बढेको छ । ¥याम्पमा उत्रने मोडलहरुलाई अर्गनाइजरहरुले ढिलै भए पनि पारिश्रमिक दिन थालेका छन् । त्यसैले पनि ¥याम्पमा हि“ड्न युवा युवतीको भीड लाग्न थालेको छ । फेसन सोको माहोल बढेको देखेर अन्य सहरहरुबाट पोखरामा आई इभेन्ट गर्ने चलन बढेको छ । सेलिब्रेटीलाई समेत ल्याएर यस्ता सो गर्नेको बाहुल्य बढ्न थालेको छ ।

Leave A Comment