मिस डिभाको दोस्रो संस्करण हुने

आइतबार, २९ असोज २०७४, १२ : ०० शुक्रवार
मिस डिभाको दोस्रो संस्करण हुने

ब्लु रेज प्रोडक्सन एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा दोस्रो संस्करणको मिस डिभा पोखरा हुने भएको छ । पहिलो संस्करणमा भन्दा केही पृथक् बनाउने सोचका साथ तयारीलाई तीव्र पारिएको इभेन्ट म्यानेजर सागर आचार्यले बताए । मिस डिभा सिजन २ को अडिसन असोज २५ गते होटल बाराही लेकसाइडमा हुनेछ । मोडलिङ क्षेत्रमा यो अगाडि बढ्न चाहनेका लागि प्रतियोगिता कोशेढुङ्गा बन्ने आयोजकको विश्वास छ ।
एसएलसी उत्तीर्ण भएका र १८ वर्ष उमेर पुगेका तथा न्यूनतम ५ फिट उचाई भएका युवतीले अडिसनमा भाग लिन सक्नेछन् । अडिसनमार्फत ५० जना प्रतियोगीलाई छनोट गरिने आचार्यले जनाए । विगत पाँच वर्षदेखि पोखरामा विभिन्न इभेन्ट गर्दै आएको यस कम्पनीले प्रतियोगीलाई १५ दिनको तालिमपश्चात् पाँच हप्तासम्म प्रतिभा पस्कन लगाई उनीहरु मध्येबाट हरेक हप्ता २ जना प्रतिस्पर्धी बाहिरिने छन् । उपाधि विजेताले पचहत्तर हजार रुपैयाँको साथमा म्यागेजिन कभर, मोडलिङ कन्ट्रयाक्ट, ब्रान्ड एम्बेसर, गिफ्ट भौचर लगायतका पुरस्कार पाउनेछन् । ६ हप्ताको हरेक सोमा रेखा मोदीको डिजाइनमा पेज ३ बाट पहिरन उपलब्ध गराइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान भोड्का रहेको छ ।

Leave A Comment