‘ड्राइभरको सहारै म्युजिक’

मङ्गलबार, २८ असार २०७३, १२ : ४७ हिमाल लम्साल , Kathmandu
‘ड्राइभरको सहारै म्युजिक’

बा. २ ज २४५९
ट्याक्सी चालकः भूपेन्द्रबहादुर कार्की

के छ खबर गुरुजी ?
ठीकै छ । के हुनु र !
घर कता हो ?
सिन्धुपाल्चोक ।
कति भयो ड्राइभिङ लाइनमा आएको ?
१३ वर्षजति भयो ।
ट्याक्सी साहूको कि आफ्नै ?
मेरै हो । एक महिनाअघि साढे २२ लाखमा किनेको हुँ ।
कसरी किन्नुभयो ?
ऋण काढेर जुटाएको हुँ ।
कसरी आइयो ड्राइभिङ लाइनमा ?
आठ वर्ष नेपाल प्रहरीमा काम गरेर छाडेको हुँ ।
किन छाड्नुभयो जागिर ?
द्वन्द्वकालमा साह्रै अप्ठ्यारो भयो । आज मर्ने कि भोलि भन्ने कुनै ठेगान हँुदैनथ्यो । बिदामा घर आको थिएँ । त्यसपछि जागिरमा फर्कने मनै लागेन ।
प्रहरी र ड्राइभरमा कुन पेशा राम्रो ?
प्रहरीभन्दा त ड्राइभर नै ठीक । प्रहरीमा अरूको कमान्डमा बस्नुपर्छ । यहाँ त स्वतन्त्रापूर्वक हिँड्न पाइन्छ । त्यो प्रहरीमा सम्भव छैन ।
कति कमाउनुहन्छ ?
 दैनिक तीन हजारदेखि ३५ सयसम्म कमाइन्छ ।
बिहे गर्नुभयो ?
छैन ।
 त्यसो भए गर्लफ्रेन्ड होला नि ?
आफूलाई त पाल्न गाह्रो छ । गर्लफ्रेन्ड कसरी पाल्नु ।
बिहे कहिले गर्ने ?
आउला नि कुनै दिन ।
यो पेशामा कस्ता समस्या छन् ?
पाइलापाइलामा चुनौती र समस्या छन् ।
ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना बढेको छ ? के भन्नुहुन्छ ?
आफू सही हुनुप¥यो । आफू ठीक भए जतिसुकै बढाए पनि केही हुँदैन ।
गीत संगीत कत्तिको सुन्नुहुन्छ ?
ड्राइभरको जिन्दगी र सहारा भनेकै म्युजिक हो । गाउँको मान्छे परियो । लोकगीत खूब सुन्छु ।
मन पर्ने गायक ?
बद्री पंगेनी । उनको स्वर साह्रै मीठो लाग्छ ।  
फिल्म कत्तिको हेर्नुहुन्छ ?
फुर्सदको समयमा हेर्छु । ड्राइभर परियो खासै हेर्ने फुर्सद त हँुदैन ।
कामबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टै छु ।
राजनीतिमा चासो छ कि ?
यसो समाचार सुनिन्छ । राजनीति त ‘जुन जोगी आए नि कानै चिरे’ जस्तो लाग्छ । काम गर्छु भन्नेलाई गर्न दिँदैनन् ।

 

Leave A Comment