होमस्टे खोल्न तछाडमछाड

सोमबार, २० कार्तिक २०७४, १२ : ३५ मनोज घर्तीमगर
होमस्टे खोल्न तछाडमछाड

स्याङ्जा सिरुबारीमा ३९ घरबाट सुरु भएको होमस्टे फैलँदो गतिमा छ । होमस्टेको विश्वविद्यालयजस्तो ठानिएको गाउँ सिरुबारीको सिको गर्दै पश्चिमका विभिन्न गाउँमा गतिबेला होमस्टेको लहर चलेको छ । अहिले दिन बिराएर देशका विभिन्न ठाउँमा होमस्टे सुरु गरिएका खबर आइरहन्छन् । पश्चिमका गाउँमा महिनैपिच्छे कुनै न कुनै नयाँ हामेस्टे गाउँमा थपिन्छन् । कास्कीमा त होमस्टेको लहरै छ । यहाँका प्रायः गाउँमा हामेस्टे संचालनमा छ ।
दिवंगत भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको अगुवाइमा २०५४ असोजमा सिरुबारीलाई होमस्टे सुविधासहितको पहिलो पर्यटन गाउ“ घोÈणा गरिएको थियो । त्यसपछि होमस्टे खुल्ने क्रम जारी छ । होमस्टेमा खाना र बास सस्तैमा पाइन्छ । त्यसैले पनि आन्तरिक तथा बाह्य पर्यटक होमस्टे संचालन भएका गाउँमा पुग्छन् । ‘पश्चिमका धेरै गाउँले होमस्टे पर्यटनबाट ख्याति कमाइसकेका छन्,’ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापा भन्छन्, ‘पश्चिमका जिल्लामा होमस्टे नभएको विरलै जिल्ला होला !’  
काठमाडौं र पोखराका ट्राभल एजेन्सीहरूले होमस्टेमा बस्न चाहने पर्यटक ठाउँठाउँमा पठाइरहन्छन् । सरकारले २०६७ मा होमस्टे पर्यटनलाई अभियानको रूप दिएपछि यस किसिमको पर्यटन ह्वात्तै बढेको छ । २०६७ सालमा होमस्टे कार्यविधि पनि आएपछि यस किसिमको पर्यटनमा एक किसिमको सजिलो थपिएको छ । यसको परिभाषामा भनिएको छ, ‘होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर र समुदायमा निजी वा सामूहिक रूपमा सञ्चालन गरिएको सेवा सम्झनुपर्छ ।’ सरकारी अभियानकै कारण गण्डकी, धौलागिरिसहित देशका विभिन्न गाउँमा होमस्टे खुले । सरकारले हामेस्टे कार्यविधि तयार पारेर ग्रामीण पर्यटनलाई बढावा दिएपछि पश्चिमका गाउँगाउँमा होमस्टे खोल्न तछाडमछाड जस्तै भएको छ । पर्यटकलाई होटल वा रिसोर्टमा होइन, गाउ“लेकै भान्छामा खुवाएर उनीहरुकै घरमा बसाउनुलाई घरबास (होमस्टे) भनिन्छ । होमस्टेमा परिवारकै सदस्य भएर बस्न पाइन्छ । त्यो सुविधा लिन केही रकम तिर्नुपर्छ । ‘मिठो खाना र आरादायी ओछ्यान होटलमा पनि पाइन्छ,’ पश्चिमका विभिन्न गाउँमा होमस्टे गइरहने दरबारथोक एडभर्टाइजिङका प्रबन्ध निर्देशक कृष्ण रानाभाट भन्छन्, ‘होमस्टेमा आत्मीय र मीठो व्यवाहार पाइन्छ । जुन पैसाले किनौँ भन्दा पनि पाइँदैन ।’
नेपालको पहिलो होमस्टे गाउँ सिरुबारीमा नेपालका गाउ“–गाउ“बाट मात्र होइन, भारतको सिक्किमबाट समेत होमस्टे सिक्न आएका उदाहरण छन् । सिरुबारीको यही ख्यातिले पश्चिमका मगर÷गुरुङ समुदायको बस्ती भएका ठाउँमा गाउँपिच्छे होमस्टे संचालनमा आएका छन् । यस्तै होमस्टे लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गोरखा लगायत जिल्लामा पनि सुरु भएका छन् । कास्कीमा घान्द्रुक, धम्पुस, काब्रे, ताङतिङ, याङ्जाकोट, सिक्लेस, मिर्सा, लान्द्रुक, हेम्जाकोट, ल्वाङघलेल, कालाबाङ, गुरुङहरुले चलाएका असाध्यै चल्तीका होमस्टे गाउँ हुन् । यस्तै पोखरा नजिकै धितालमा बाहुन समुदायकाले होमस्टे चलाएका छन् । लमजुङका घलेगाउँ, काउलेपानी, भुजुङ, गोरखाको बारपाक चर्चित होमस्टे गाउँ हुन् । पाल्पाको बौघागुम्हा, तनहुँको रानागाउँ, स्याङ्जाको चित्रेभञ्ज्याङ, म्याग्दीको दोबा मगर समुदायले होमस्टे संचालन गरेपछि ख्याति कमाएका गाउँ हुन् । यस्तै तनहुँकै दरै गाउँमा पनि होमस्टे सुरु भएको छ । यी गाउँहरुमा होमस्टेकै कारण पर्यटकको चहलपहल बढ्दो छ । ‘होमस्टेले ग्रामीण पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिएको छ, हाम्रो गाउँमा पाहुना आउनु पनि त्यसकै परिणाम हो’ कास्कीको हेम्जाकोटमा होमस्टे चलाएका ईश्वर गुरुङ भन्छन्, ‘पाहुना आउनेबित्तिकै यहाँका युवा र आमा समूहका सदस्य स्वागत गर्न सधैँ तयार हुन्छन् । यो हेम्जाकोट गाउँको विशेषता हो ।’
होमस्टेले गाउँमा पर्यटक भिœयाउनुका साथै स्थानीयस्तरमै आयआर्जनको बाटो दिएको छ । अधिकांश होमस्टे–गाउ“का मुख्य पाहुना नेपाली नै हुन् । विदेशी थोरै हुन्छन् । सहरी भेकका नेपाली एक–दुई रात गाउ“मा बसेर फर्कन्छन् । विभिन्न जाति र समुदायले चलाएका होमस्टेमा उनीहरुको संस्कृति र जीवनशैली अवलोकन गर्न पाइन्छ । उनीहरुका परम्परागत खाना चाख्ने अवसर मिल्छ । ‘विदेशीहरु कंक्रिटका घरमा बस्न आउने होइनन्, विभिन्न जाति र समुदायका संस्कृति र जीवनशैली हेर्न आउँछन् । तर यतातिर पर्यटन व्यवसायीको खासै ध्यान गएको छैन,’ पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराई भन्छन्, ‘पोखरा भनेको लेकसाइड मात्रै हो भन्नेहरु छन् । यहाँका होटल व्यवसायी मेरै होटलमा मात्रै बसोस् भन्छन् । कहिल्यै होमस्टेबारे प्रचार गर्दैनन् ।’
होटल र रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउ“छन् । गाउँमा गएमा पाहुनालाई बा“डेर गाउ“लेका घर–घरमा राख्दा सबैलाई फाइदा पुग्ने भएकाले होमस्टे अवधारणा धेरैले राम्रो मान्छन् । यसले गाउँगाउँमा पर्यटक लैजान सघाएको मात्रै छैन, आम्दानीको स्रोत पनि बनेको छ । यही मेसो थाहा पाएका विभिन्न गाउँमा होमस्टे खोलिएका हुन् । पश्चिमका थुप्रै गाउँमा होमस्टे खोल्ने तयारी भइरहेको छ ।

Leave A Comment