म्युजिक भिडियोमा साप्लनेको चिनारी

बिहिबार, २३ कार्तिक २०७४, १२ : ५२ शुक्रवार
म्युजिक भिडियोमा साप्लनेको चिनारी

कास्कीको मादी गाउँ पालिका वडा न.११ मा पर्ने उपल्लो साप्ले गाउँको चिनारी म्युजिक भिडियो विमोचन भएको छ । गीतमा रजनि रिदम राईको आवाज, लालसुभाव गुरुङको शब्द र संगीत रहेको छ भने गीतलाई तेजेन्द्र गुरुङले एरेन्ज गरेका हुन् । जसु गुरुङको कोरियोग्राफी रहेको गीतमा रिया गुरुङको अभिनय छ । भिडियोलाई कोन्मे इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।
कार्यक्रममा भिडियोको सफल निर्माण गरेको भन्दै छायांकन तथा सम्पादनकर्ता सन्तोष गुरुङ (कोन्मे) कोरियोग्राफर जसु गुरुङ र मोडेल रिया गुरुङ लाई मायाको चिनो प्रदान गरिएको थियो । विमोचन कार्यक्रममा शिक्षक लालसुबा गुरुङले गीतको औचित्य, म्युजिक भिडियो निमार्णमा क्रममा भएका चुनौतीका बारेमा बोलेकी थिइन् । 

Leave A Comment