‘म्ले क्यु’ फिल्म फलोरमा

बिहिबार, ३० कार्तिक २०७४, ०१ : १५ शुक्रवार
‘म्ले क्यु’ फिल्म फलोरमा

गुरुङ भाषा र संस्कारमा आधारित फिल्म ‘म्ले क्यु’ (बिर्साउने पानी)को पोखरामा छायाङ्कन सुरु भएको छ । स्टार स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा गुरुङ जातिको मृत संस्कारभित्र पर्ने अर्घौ कार्य गर्दा पितृलाई कसरी ‘म्ले क्यु’ ख्वाइन्छ र भौतिक संसारबाट मृत आत्मालाई म्ले क्युको माध्यमबाट कसरी टाढा गराइन्छ भन्ने सन्देश दिन खोजिएको फिल्म निर्देशक जसु गुरुङले जानकारी दिइन् ।
रोशन गुरुङको कथा रहेको फिल्मको राजन पूँवर र सुदर्शन गुरुङको सह–निर्देशन रहेको छ । कला निर्देशक शिव गुरुङ र निर्माण नियन्त्रकमा डि.बी. गुरुङ तथा छायाङ्कन प्रकाश गुरुङ (कास) र भेषभूषाको जिम्मा एलिसा गुरुङलाई दिइएको छ । फिल्ममा नायिका रिया गुरुङ र चर्चित अभिनेता तथा निर्देशक माओत्से गुरुङको मुख्य अभिनय छ । यस्तै सोम गुरुङ, डि.बी. गुरुङ, कमल गुरुङ, वीरमाया गुरुङ, कृष्टि गुरुङ, प्रतिमा गुरुङ, एन्सर्ज गुरुङ र बाल कलाकार रोनित गुरुङलगायत कलाकारहरुको अभिनय पनि फिल्ममा देख्न पाइनेछ ।
फिल्मको निर्माताहरुमा बेतायत बस्ने बिजमाया गुरुङ, मिना गुरुङ, शक्ति गुरुङ ,दिल माया गुरुङ, रिमा गुरुङ, विष्णु गुरुङ, तनहुँकी रिया गुरुङ र पोखराका शिव गुरुङ, लक्ष्मी गुरुङ (जानभी) पुष्पा गुरुङ, क्या.रुपबहादुर गुरुङ हुन् । फिल्ममा दुई वटा गीत समावेश गरिएको छ भने दुवै गीत कथाकार रोशन गुरुङले रचना गरेका हुन् । गीतमा नरजंग गुरुङ, शान्ति गुरुङ, तारा श्रीश र बाल गायक विनय गुरुङको स्वर रहेको छ भने धन बहादुर गुरुङ र नरजंग गुरुङको संगीत रहेको छ ।

Leave A Comment