बलदीपले नीरमायालाई बोलाएपछि...

शनिबार, ०९ मङि्सर २०७४, ०३ : २५ शुक्रवार
बलदीपले नीरमायालाई बोलाएपछि...

गायक बलबहादुर अर्मजा (बलदीप)को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नीरमाया’ बोलको म्युजिक भिडियो ‘सङ्स नेपाल’ले युट्युबमार्फत विश्वव्यापी सार्वजनिक गरेको हो । सार्वजनिक भिडियोमा नादिया चोचाङ्गी पुन र विशाल गुरुङले अभिनय गरेका छन् । भिडियोलाई आशीष पुनले निर्देशन गरेका हुन् । आफ्नो ‘नीरमाया’लाई फकाउने शैलीमा बनेको यो गीतलाई सन्तोषी गुरुङ र आरके गुरुङले लेखेका हुन् ।

गीतकार मध्येकै एक आरके गुरुङको संगीत रहेको गीत लामाचौरस्थित पुन डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । गीतको भिडियोलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् भने छवि रानामगर भिडियोका सम्पादक हुन् । भिडियोको सम्पूर्ण सम्पादनको काम म्याक्सन फोर डि स्टुडियोमा भएको हो । भिडियोलाई हाल युकेमा रहेका सोम चोचाङ्गी पुनले निर्माण गरेका हुन् । ‘गीतको भाव अनुसारको भिडियो बनेको छ र यो गीत सबैले रुचाएको मैले पाएको छु,’ गायक बलदीपले भने, ‘सामाजिक सञ्जालहरुमा पनि गीतले निकै राम्रो प्रतिक्रिया बटुलेको छ ।’ त्यस्तै भिडियोका निर्देशक आशीष गुरुङले पनि मिहिनेत अनुसारको भिडियो निर्माण भएको बताए ।

Leave A Comment