‘घुमाउने घर’को टिजर

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ०३ शुक्रवार
‘घुमाउने घर’को टिजर

‘घुमाउने घर’ फिल्मको को टिजर सार्वजनिक भएको छ । वास्तविक कथालाई केन्द्रबिन्दु मानेर लभ जन्रामा निर्माण भएको ‘घुमाउने घर’ फिल्मको अफिसियल टिजर युट्युबमा सार्वजनिक गरिएको हो । नवलपरासीबाट काठमाडौं आएर ८ वर्षयता फिल्म क्षेत्रमा काम गर्दै आएका तिल थापामगर फिल्मका निर्देशक हुन् । मगर कथा वस्तुमा आधारित फिचर फिल्म ‘रीत’ र ‘सार’ को निर्देशन गरिसकेका तिल निर्देशित यो तेस्रो फिल्म हो ।
फिल्ममा मुख्य कलाकारको भूमिका ‘लोम्बा’ निर्देशक अनिल बुढा मगर र लिना थापा मगर छन् । युकी आलेमगरले सह निर्देशन गरेको फिल्ममा सन्तोष दर्लामी मगरको क्यामरा र शेर थापा मगर र कमला थापा मगरको लगानी छ । शेर थापा मगर रिता पुन मगर, सुदिप थापा मगर, सिर्जना पुन मगर, भीम राना मगर, संजय बुढाथोकी मगर, अमन पुन मगर, सुरेश थापा मगर लगायतले अभिनय गरेका छन् । नृत्य निर्देशको भूमिका चित्र मास्की राना मगरले गरेका छन् ।

Leave A Comment