कन्सर्ट लाउड, बिग क्राउड

बिहिबार, १३ पुष २०७४, ०१ : ५१ मनोज घर्तीमगर
कन्सर्ट लाउड, बिग क्राउड

स्टेज सजावट उत्तिकै मज्जाको । दर्शकहरूको भीडभाड । कोही स्टेजमा दायाँबायाँ गर्दैछन् । कोही चौरमा हाहा र हुहु । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा यस्तै दृश्य देखियो । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग नजिक भई खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोबाइल ब्रोडब्याण्ड सेवा लङ टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उद्देश्यसहित मेलाको आयोजना गरेको हो ।

विविध मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एकदिने एनसेल मेला बिहान ११ बजेबाट सुरु भई विविध गतिविधि र कन्सर्टसहित साँझसम्म चलेको थियो । मेलामा पोखरेली गायक आशिष राना (लाउरे) को ¥यापमा युवायुवतीले मज्जैले साथ दिए । लाउरेलाई बिटु डान्सले पनि साथ दिएको थियो । लाउरेको पछिल्लो ¥याप गीत ‘क्यास नम्बर ४२०’ पनि सुनाउन भ्याए । ‘नेपहपको बाटो’, ‘हाउडे’ पनि सुनाउन भ्याए । उनले केही वर्ष पहिले पोखरालाई समेटेर निकालेको गीतसमेत पोखरेली दर्शकमाझ सुनाए । मेलामा अर्को आकर्षण बन्यो, एज ब्यान्ड । ब्यान्डले ‘सम्झने मुटु, चाहाँदा पनि नचाहाँदा पनि’ ‘तिम्रा लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए । ब्यान्डका भोकलिस्ट जीवन गुरुङले ब्यान्डलाई निरन्तरता दिनका लागि दर्शक श्रोताको साथ उत्तिकै रहेको बताए ।

त्यस्तै सांगीतिक समूह कबवेभले ‘मार्यो नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीत पस्कियो । ब्यान्डले आफ्नो अत्यधिक मन पराइएका गीत यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागिताले मेलाको आकर्षण थप बढाएको थियो । यस्तै गायक शिव परियारले आफ्ना हिट गीत ‘क्या दामी भो’, ‘संगी’ र ‘पिलायो साथीले’ प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन गराएका थिए । कबवेभ ब्यान्ड, स्याडोज्ले प्रस्तुति राखे । उनीहरूको प्रस्तुतिमा दर्शकलाई हुटिङ र तालीले साथ दिएका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा भाग लिएका थिए ।
मेलामा सबै उमेर समूहका दर्शकलाई विभिन्न कार्यक्रम तथा गतिविधि समावेश गरिएको थियो । युवाको भीड एनसेलको फोरजीमा आधारित गेमहरू पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेसमा थियो र थुप्रै गेम स्टलहरूमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कार पनि जित्न सफल भएका थिए । किड्स जोनमा बालबालिका ट्राम्पोलिन र गो कार्टजस्ता खेलमा मज्जा लिइरहेका देखिन्थे । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरलगायत विविध आकर्षणले बालबालिकाको ध्यान केन्द्रित गरेको थियो । मनोरञ्जनका कार्यक्रमका साथसाथै मेलामा रहेको एनसेलको विशेष फोरजी जोनमा पनि आगन्तुकहरूको उत्तिकै उत्साहजनक भीड देखिन्थ्यो । उक्त जोनबाट आगन्तुकले एनसेलको फोरजी सेवाको बारेमा थप जानकारीका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न पाएका थिए ।

फुड स्टलमा आगन्तुकहरूले देशी र विदेशी परिकारहरूको मज्जा लिएका थिए । त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टसजस्ता गेममा दर्शकको उत्साहजनक सहभागिता थियो । आफ्ना ग्राहक तथा शुभचिन्तकसँग थप नजिक भई खुसियाली मनाउँदै अग्रिमरूपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न र १९ सहरमा फैलिएको फोरजी सेवाका बारेमा आगन्तुकलाई जानकारी दिन मेला एकदम सफल भएको एनसेलले जनाएको छ । पोखराबाट सुरु हुने यो मेला पुस १५ गते विराटनगरको हाटखोलामा, पुस २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुस २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजनापश्चात समापन हुनेछ । मेला साँझ ७ बजेसम्म चलेको थियो ।

तस्बिर : उमेश पुन

Leave A Comment