दोहोरी गीत प्रतिष्ठानमा विरही

आइतबार, ०९ साउन २०७३, ०१ : ३९ शुक्रवार , Kathmandu
दोहोरी गीत प्रतिष्ठानमा विरही

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीको चौथो अधिवेशनबाट अध्यक्षमा शंकर ‘विरही’ गुरुङ सर्वसम्मतले निर्वाचित भएका छन् । २०५२ सालदेखि लोकदोहोरी संगीत क्षेत्रमा प्रवेश गरेका ‘विरही’का दर्जनभन्दा बढी गीतिसंग्रह बजारमा छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी प्राध्यापकसमेत हुन् । अध्यक्षमा निर्वाचित भइसकेपछि विरहीले लोकदोहारी क्षेत्रमा रहेको विकृतिलाई कम गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अग्रज स्रष्टा सम्मानबाट दुर्गा रायमाझी, स्व. नरबहादुर परियार स्मृति कलाकारिता सम्मानबाट गोर्खाका रामचन्द्र अर्याल सम्मानित भए । स्व. टेकबहादुर केसी क्रियाशील कलाकारिता पुरस्कारबाट मीना गुरुङ र कलाकार कल्याणकारी कोषबाट नवप्रतिभा राजु केसीलाई सम्मान गरिएको थियो । शुक्रवारकर्मी मनोज घर्तीमगर ‘स्व. तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट’ पुरस्कृत भए ।

 

Leave A Comment