‘रुझेर अग्निवर्षामा’ माथि परिचर्चा

आइतबार, ०३ चैत २०७५, ०२ : ३८ शुक्रवार
‘रुझेर अग्निवर्षामा’ माथि परिचर्चा

मुक्तककार रुद्र ज्ञवालीले लेखेको मुक्तक संग्रह ‘रुझेर अग्निवर्षामा’ माथि पोखरामा परिचर्चा भयो । मुक्तक मञ्च, पोखराको आयोजनामा ‘रुझेर अग्निवर्षामा’ माथि समीक्षक सञ्जीव पौडेलले परिचर्चा गरे । कृतिभित्र रहेका मुक्तकका संरचना, विषय, भाव एवं शैलीशिल्पका सामथ्र्यका बारेमा पौडेलले सैद्धान्तिक एवं पाठकीय दृष्टिकोण प्रस्तुत गरेका थिए । 

मुक्तककार रुद्र ज्ञवालीले साहित्यिक यात्रा एवं कृतिको रचनागर्भका अनुभव सुनाएका थिए । सोही अवसरमा मुक्तक मञ्च, पोखराको १३० औँ नियमित रचनावाचन कार्यक्रमसमेत भएको थियो । कार्यक्रममा दुई दर्जनभन्दा बढी मुक्तककारहरूले आ–आफ्ना मुक्तक वाचन गरेका थिए । संस्थाले हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचन कार्यक्रम गर्दै आएको मुक्तक मञ्चका अध्यक्ष सञ्जय न्यौपाने ‘प्राञ्जल’ले जानकारी दिए । 
 

Leave A Comment