सनमलाई मिस मगरको ताज

आइतबार, १९ जेठ २०७६, ०५ : ५६ शुक्रवार
सनमलाई मिस मगरको ताज

प्लस टु सकेर उद्यमी बन्ने लक्ष्यका साथ फ्यान्सी पसल चलाइरहेकी सनम गर्बुजा पुनले ‘मिस मगर नेपाल २०१९’  मा आवेदन खुलेको थाहा पाइन् । फारम भर्न पुग्दा कसैको आवेदन परेको थिएन । पहिलो प्रतियोगीका रुपमा सनमरे आफ्नो नाम दर्ता गराएपछि उनलाई केले ऊर्जा दियो कुन्नि ? फारम भरिसकेपछि आयोजकसँग भनेकी थिइन्–‘मिस मगर विजेता नाम चम्काउँछु ।’ आत्मविश्वासले भरिएको उनको अठोटलाई आयोजकले खासै चासो दिएनन् । फारम भर्ने हर युवतीको यस्तै भनाइ रहन्थ्यो । सनमको मामलामा भने उनको अठोट प्रमाणितै भयो । करिब दुई महिनासम्म विभिन्न बन्द प्रशिक्षणमा खारिएर अन्तिम प्रतिस्पर्धामा सनमले ‘मिस मगर नेपाल २०१९’  को ताज पहिरिइन् । 
एस.टी. क्रिएसनको आयोजनामा होटल पोखरा ग्राण्डमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भएको थियो । बागलुङकी सोनी पुनमगर वेष्ट स्माइल र वेष्ट फोटो जेनिकको टाइटल अवार्डसँगै फष्ट रनर अप भइन् । सेकेण्ड रनर अप बागलुङकै सानिया पुनमगर भइन् । वेष्ट पर्सनालिटी र वेष्ट वाक गरी दुई टाइटल अवार्डसँगै सेकेण्ड रनर अप भइन् सानिया । मिस मगर नेपालको भ्यूअर्स च्वाइस अवार्ड म्याग्दीकी उषा अर्मजामगरले जित्न सफल भइन् । उषाले मोष्ट डिसिप्लिनको अर्को टाइटल पनि पाइन् । 
वेष्ट स्किन टाइटल अवार्ड म्याग्दीकी मेलिना चोचाङ्गीमगर, वेष्ट हेयर बागलुङकी मेलिना श्रीसमगर, मोष्ट फ्रेन्डली म्याग्दीकी अस्मिता तिलिजामगर, वेष्ट पर्फरमेन्स बागलुङकी एलिसा बुढामगर, मोष्ट इन्टेलिजेन्ट तथा मोष्ट कन्फिडेन्ट तनहुँकी रिमांश थापामगर, मोष्ट पपुलर र मोष्ट ट्यालेन्टेड गरी दुईवटा टाइटल अवार्ड स्याङ्जाकी केसरी रानामगरले जितिन् । 
प्रतियोगिताका प्रमुख निर्णायक नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायक संयोजक पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष शिव थापामगर, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, नेपाल मगर संघ, कास्कीका वरिष्ठ उपाध्यक्ष मेजर प्रेमबहादुर थापामगर, पत्रकार मनोज घर्तीमगर र  मिस मगर पोखरा–२०१२ की सेकेण्ड रनर अप मेनका पल्लीमगरलगायतले निर्णायकको भूमिका निभाएका थिए ।
तस्वीर ः विशाल तामाङ
 



Leave A Comment