साहित्यकार तथा कवि ठाकुरप्रसाद त्रिपाठीको तेस्रो कृति ‘फेवा मानुषी’को पोखरामा विमोचन भयो। हिमालयन रिडर्स कर्नरमा गण्डकी प्रदेशका सांसद राजीव पहारीले विमोचन गरे। कृतिमा पूर्वीय साहित्यका चौंसठ्ठी कलामध्ये त्रिसठ्ठी कला र नौ रसको अनुभूति पाठकले गर्न सक्ने त्रिपाठीको दाबी छ।
त्रिपाठीका यसभन्दा अगाडि दुई कृतिहरू ‘राम्रो म’ र ‘आर्तनाद’ प्रकाशित भइसकेको भीम सुवेदीले स्रष्टाको परिचयमा जानकारी दिए।
Leave A Comment