शम्भुको नयाँ भिडियो

आइतबार, १५ असार २०७६, ११ : ४१ शुक्रवार
शम्भुको नयाँ भिडियो

गायक शम्भु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गायिका रेखा ढुंगाना कटवालसँग संयुक्त रुपमा शम्भुले गाएको गीत ‘तिम्रो माया रसिलो’को भिडियो सार्वजनिक भएको हो।

सार्वजनिक भिडियोमा रोहन नेपाली र मरिष्का पोखरेल फिचर छन्। चलचित्रका नृत्य निर्देशकको रुपमा चर्चित कमल राई यो भिडियोका निर्देशक हुन्। भिडियोलाई उनले फिल्मी शैलीमै उतारेका छन्।

Leave A Comment