संकटमा फिल्मी पर्यटन

सोमबार, २३ असार २०७६, १२ : २९ शुक्रवार
संकटमा फिल्मी पर्यटन

कुनै बेला फेवातालमा फिल्म सुटिङ गर्नका लागि पालो कुर्नुपथ्र्यो। हरेक दिनजसो कुनै न कुनै फिल्मका लागि कलाकारलाई क्यामेराअघि पोज दिन भ्याइनभ्याई हुन्थ्यो। नेपाली फिल्मका लागि पोखरा नभई नहुने ठाउँ थियो। पोखरा र आसपासमा दैनिकजसो फिल्म सुटिङका दृश्य देख्नु नौलो थिएन, जहाँ सुटिङ हेर्नेहरुको ठूलै भीड लाग्थ्यो। फिल्म सुटिङ युनिट भनेर लेखिएका ब्यानर टाँगेका गाडी पोखरामा गुडिरहन्थे। समयले कोल्टे फेरेपछि आजभोलि यस्ता दृश्य देखिन मुस्किल पर्छ।

यतिबेला पोखराको फिल्मी पर्यटन संकटमा परेको छ। फेवाताल तथा पोखराका अन्य ठाउँ फिल्म सुटिङका लागि सुनसान बनेका छन्। बलिउडको पनि रोजाइमा पर्ने यहा“ एक दर्जन सुटिङ हुन पनि धौ–धौ छ। फिल्ममा भित्रिएको डिजिटल प्रविधिसँगै लगातार नेपाली फिल्म फ्लप हुनुको पीडा निर्माता र फिल्मी क्षेत्रले मात्र खेप्नु परेको छैन, फिल्म सिटी मानिएको पोखराले पनि झेल्नुपरेको छ। ‘पोखराको फिल्मी पर्यटन धराशयी भएको छ, सुटिङ युनिट देख्नै मुस्किल छ’ पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पौडेल भन्छन्, ‘एकताका पोखरामा जता गयो उतै फिल्म सुटिङ भइरहेको देखिन्थ्यो।’

पोखरा र वरपरका क्षेत्रमा वर्षभर ५० जति फिल्म र थुप्रै भिडियो फिल्म अनि म्युजिक भिडियो सुटिङ हुन्थे। अहिले त्यो संख्या घटेर हातको औंलामा गन्न सकिन्छ। ‘यहाँ  सुटिङ नभएका फिल्म औंलामा मात्र गन्न सकिन्थ्यो, हरेक दिन पोखराका विभिन्न क्षेत्रमा फिल्म छायांकन भैरहेका हुन्थे’ पोखरामा पहिलो इनडोर सुटिङ स्टुडियो सञ्चालक एवं मिडटाउन ग्यालरियाका मालिक उत्तम द्वा भन्छन्– ‘तर, अहिले त्यस्तो छैन, फिल्म सुटिङ हुन टोटल्ली छाड्यो, झन्डै ९० प्रतिशतले कमी आएको छ।’ प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरामा बाहिर फिल्म सुटिङ त हुन छाडे। इन्डोरका लागि तयार गरिएका पूर्वाधारहरु प्रयोग नभएपछि यत्तिकै थन्किएका छन्।

यतिबेला पोखराको फिल्मी पर्यटन संकटमा परेको छ। फेवाताल तथा पोखराका अन्य ठाउँ फिल्म सुटिङका लागि सुनसान बनेका छन्। बलिउडको पनि रोजाइमा पर्ने यहा“ एक दर्जन सुटिङ हुन पनि धौ–धौ छ।

डिजिटल प्रविधि सबैको हात–हातमा पुग्नु, लगानी कम हुनु, एकै ठाउँमा फिल्म सुटिङ हुनुलगायतले प्राकृतिक स्टुडियो भनिएको पोखरामा फिल्म सुटिङ हुन छाडे। वर्षेनी निर्माण हुने नेपाली फिल्ममध्ये करिब दुई तिहाईभन्दा बढीको सुटिङ रोजाइ तालनगरी नै हुन्थ्यो। वर्षमा करिब १ सयको हाराहारीमा फिल्म बन्थे। ‘पुराना प्याटर्नका फिल्महरु निर्माण हुन छाडे, नयाँ  ट्रेन्डले काठमाडौं वरिपरि सीमित हुँदा पोखरामा फिल्म सुटिङ हुन छाडेका हुन्’ फिल्म निर्देशक मेजन पुन ‘फिल्म नगरीका रुपमा चिनिएको पोखरा अहिले फिल्मी पर्यटन धराशयी बनेको छ।’

गुरुङ, मगरलगायत अन्य जातजाति तथा समुदायका साना बजेटका फिल्म भने वर्षमा करिब १५ वटा र दर्जनौंको संख्यामा म्युजिक भिडियोको सुटिङ हुने गर्दछन्। पहिलाको तुलनामा यो संख्या पनि घट्ने क्रममा छ। पोखरा फिल्मी पर्यटनका लागि पनि राम्रो गन्तव्य हो। फिल्मी पर्यटकको संख्या ह्वात्तै घटेपछि यतिबेला पर्यटन व्यवसायी पनि दुःखी छन्। स्पटदेखि नायक/नायिकालगायतका कलाकार निर्देशकको ठूलो संख्यामा पोखरा आउँथे। अहिले एकाध फिल्मीकर्मी बाहेक पहिलाको जस्तो सयौंको संख्यामा देखि“दैनन् पोखरा र आसपासमा। ‘फिल्मी पर्यटनमा पोखरालाई धक्का लागेको छ, पहिलाको तुलनामा कमी महसुस अवश्य भएको छ’ रेवान पोखराका महासचिव गणेशबहादुर थापा भन्छन्, ‘यहाँ प्राकृतिक स्रोत, साधन र आकर्Èणको कमी छैन, नेपाली फिल्म आफै“मा धराशयी बनेकाले फिल्मको सुटिङ नभएको  हुन सक्छ।’

पोखराको प्राकृतिक सुन्दरता नै सिनेमाको सुटिङका लागि आकर्षण छ। पोखरा, लेखनाथ तथा वरिपरिको स्थानबाट आँखै अघि टल्किने सेताम्य हिमालहरु, सफा र कञ्चन फेवा, बेगनास र रुपातालहरुसंगै विभिन्न प्राकृतिक छटा तथा सांस्कृतिक सम्पदा फिल्मका लागि प्राकृतिक स्टुडियो हो। सराङकोट, पुम्दीभुम्दीको विश्व शान्ति स्तूप, बसुन्धारा पार्क, लभ्ली डाँडा, माटेपानी गुम्बा, पर्वतीय संंग्रहालय, पामे, नजिकैको हेम्जा तथा लेखनाथका दृश्यहरु पनि फिल्ममा  नछुट्ने स्थान थिए। केही समयदेखि यी स्थानमा फिल्म खिचिएको छैन।

Leave A Comment