तारादेवी र अरुणा सम्झँदै पोखरा

सोमबार, २३ असार २०७६, १२ : ४४ शुक्रवार
तारादेवी र अरुणा सम्झँदै पोखरा

‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’को आयोजनामा ‘धुनहरुमा तारादेवी र अरुणा लामा’ शीर्षकमा सांगीतिक कार्यक्रम हुने भएको छ। असार २१ गते दिवंगत गायिका द्वय अरुणा लामा र तारादेवीलाई सम्झँदै पोखरेली गायिकाहरुले उनीहरुका लोकप्रिय गीत सुनाउनेछन्।

नेपाली सांगीतिक क्षेत्रका दुई नक्षत्रलाई समर्पण गर्दै कार्यक्रमको डिजाइन गरिएको संस्थाकी अध्यक्ष ईतु जोजिजुले जानकारी दिइन्। पोखरा सभागृहमा हुने कार्यक्रममा दिवंगत गायिकाद्वय तारादेवी र अरुणा लामाको विशेष सम्झना गरिनेछ।

कार्यक्रममा ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङलगायतका गायिकाहरुले कार्यक्रममा प्रस्तुति दिनेछन्। त्यस्तै सहयोगी कलाकारहरुको रुपमा कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ र ज्ञान थापाको पनि प्रस्तुति रहनेछ। 

सांगीतिक क्षेत्रमा महिलाहरुको बलियो उपस्थिति जनाउनका लागि गठन भएको संस्थाले विभिन्न कार्यक्रमहरु गरिसकेको छ। ‘लेजेन्डरी हामोर्नियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नाममा संस्थाले कार्यक्रम गरिसकेको छ। कार्यक्रममा संस्थाले ३ जना गायिकालाई सम्मानसमेत गर्ने भएको छ।

दार्जिलिङकी गायिका दाबा ग्याल्मो, गायक कर्ण दासकी आमा तथा कलाकार रत्न दाशलाई सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिने र उदीयमान गायिका जोनिशा पौडेललाई प्रोत्साहनस्वरुप सम्मान गरिने अध्यक्ष जोजिजुले बताइन्।

Leave A Comment