बुद्ध चिनाउँदै गायक

आइतबार, २९ असार २०७६, ११ : ५४ शुक्रवार
बुद्ध चिनाउँदै गायक

बुद्ध नेपालमा जन्मिएको सन्देश फैलाउन विश्वभ्रमणमा निस्किएका गायक धिरज राई पोखरा आइ पुगे। ‘बुद्धको जन्मभूमिबारे फैलाइएको भ्रम चिरौं’ भन्दै हिँडिरहेका उनी ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको स्टिकर डुंगामा टाँस्न व्यस्त थिए। कार्यक्रमको मुख्य पाहुना नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति साहित्यकार सरुभक्त थिए।    

सरुभक्तले अशोक स्तम्भमा बुद्ध यो ठाउँमा जन्मेका हुन् भनेर प्रस्ट लेखिए पनि भारतका केही स्कलर, व्यवसायीले बुद्ध सर्किट भनेर पर्यटकलाई उतै भुलाउन खोजेको सुनाए। ‘लुम्बिनीमै बुद्ध जन्मेका हुन् भन्ने प्रमाणित छ। यो गलत तरिकाले भ्रम फैलाएर व्यापार गरिएको छ। नेपाल भारतको बोर्डरभन्दा अलिकति पर ‘कपिलवस्तु जानेका रस्ता इधर है’ भनेर भारततिर देखाइएको छ’ उनले भने।

लुम्बिनी गुरु योजनाले बुद्धबारे उपलब्धिमूलक काम नगरेको भन्दै सरुभक्तले नेपालीले अर्बौ रुपैयाँ आए पनि देखिने केवल खाने मात्रै गरेको र लुम्बनीका धेरै संरचना विदेशीले बनाइदिएको दाबी गरे।

गायक राईले बुद्धको जन्म भारत, श्रीलंका र थाइल्यान्डमा भएको भन्ने थुप्रै पुस्तक भएको र तिनले संसारभर भ्रमहरु छरेको बताए। बुद्धको जन्म भारत, श्रीलंका, थाइल्यान्डमा भएको भन्ने भ्रम छर्ने पुस्तकहरु रहेको बताउँदै उनले त्यही भ्रम चिर्नलाई गलत पुस्तक हटाएर सही सूचना दिने अभियानमा लागेको बताए।

Leave A Comment