ललिपप बजारमा

आइतबार, २९ असार २०७६, १२ : ०४ शुक्रवार
ललिपप बजारमा

टेकनारायण चापागाईं टिएनसीको संगीत तथा निर्देशनमा ‘ललिपप’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्मल खत्रीको शब्द र चापागाईंको संगीत रहेको उक्त गीतमा गायिका जुनु रिजाल काफ्ले र प्रदीप त्रिपाठीले स्वर दिएका छन्।

थ्रिस्टार मिडिया तथा जनता डिजिटलको निर्माणमा रहेको म्युजिक भिडियोको छायाङ्कन पोखराको पर्यटकीय स्थल भलाम र फूलबारीमा गरिएको हो। दीपक गिरीको छायाङ्कनमा निर्माण गरिएको भिडियोमा निसान एस.केले कोरियोग्राफी र अमृत चापागाईंले सम्पादन गरेका छन्।

Leave A Comment