मिसेस गुरुङको उपाधि रबितालाई

आइतबार, १२ साउन २०७६, ०१ : ५३ शुक्रवार
मिसेस गुरुङको उपाधि रबितालाई

विवाहित गुरुङ महिलाहरुका लागि आयोजना गरिएको सुन्दरी प्रतियोगिता मिसेस गुरुङको उपाधि कास्की मादी गाउँपालिका वडा नं ५ थाम लङकछारकी रबिता गुरुङले जितेकी छिन्।

तेस्रो संस्करणको विजेता रबिताले उपाधिसँगै मोष्ट वाक, मोष्ट इन्टेलिजेन्ट र वेष्ट परफमेन्स गरी तीनवटा सबटाइटल समेत आफ्नै पोल्टामा पारिन्।

मोष्ट एक्टिभ र वेष्ट हियरको सबटाइटलसहित सम्झना गुरुङ फष्ट रनरअप भइन्। मोष्ट डिसिप्लिन र वेष्ट स्माइलको सबटाइटलसहित तनु गुरुङ सेकेण्ड रनरअपमा चित्त बुझाइन्।

प्रतियोगितामा सहभागी ११ जना महिलालाई विभिन्न सबटाइटल वितरण गरिएको प्रतियोगिताको कार्यक्रम संयोजक निशा गुरुङले जानकारी दिइन्।

Leave A Comment