शेखर र बन्दना प्रथम

आइतबार, १९ साउन २०७६, ११ : ३९ शुक्रवार
शेखर र बन्दना प्रथम

लोक स्रष्टा कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा आयोजित ‘राष्ट्रिय खुला एकल लोकनृत्य प्रतियोगिता’ को उपाधि कर्णाली प्रदेशका शेखर घर्तीमगर र गण्डकी प्रदेशकी बन्दना घर्तीमगरले जितेका छन्।

कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा आइतबार भएको प्रतियोगितामा पुरुष र महिलातर्फ दुवैले ७ प्रदेशको प्रतिनिधित्व गरेका ७/७ प्रतियोगीहरुलाई पछि पार्दै घर्ती द्वयले उपाधि जितेका हुन्।

पुरुषतर्फ २ नम्बर प्रदेशका प्रितम सम्बाहाम्फे दोस्रो भए। ५ नं प्रदेशका दिलबहादुर सुनार तेस्रो र गण्डकी प्रदेशका हिराबहादुर गुरुङले सान्त्वना पुरस्कार पाए।

महिलातर्फ ५ नं प्रदेशकी अंशु कुँवर दोस्रो, ३ नं प्रदेशकी रबिता मगर तेस्रो र कर्णाली प्रदेशकी बिपना मगरले सान्त्वना पुरस्कार पाइन्।

Leave A Comment