सुगम सङ्गीत यात्राको स्वर्ण श्रृङ्खला

आइतबार, १९ साउन २०७६, ११ : ४५ शुक्रवार
सुगम सङ्गीत यात्राको स्वर्ण श्रृङ्खला

पोखराबाट सञ्चालित साङ्गीतिक अभियान ‘सुगम सङ्गीत यात्रा’को स्वर्ण श्रृङ्खला आगामी भदौ अन्तिम साता हुने भएको छ।

पोखरामा क्रियाशील अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त आयोजनामा हरेक महिना हुँदै आएको यात्राको ५० औं श्रृङ्खला विशेष बनाउनका लागि पोखरेली सङ्गीतकर्मीहरुको भेलाबाट आयोजक मूल समिति गठन गरिएको छ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक तथा सुगम सङ्गीत यात्राका अध्यक्ष अनुराग अधिकारीको संयोजकत्वमा गठित समितिमा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल र जे. ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजू सहसंयोजक रहेका छन्। यात्राका सचिव रुपिन्द्र प्रभावी समितिका सदस्य सचिव रहेका छन्।
 

Leave A Comment