‘गाडी चलाउँदा अन्त ध्यान दिनु हुन्न’

बिहिबार, ०६ जेठ २०७३, ०३ : ३७
‘गाडी चलाउँदा अन्त ध्यान दिनु हुन्न’

दिलिप लिम्बू, चालक
को १ ज १८१५

कता जाने हो गुरु ?
रिजर्भमा हो । जता गए पनि भो ।

कति वर्ष भयो गाडी चलाउन थालेको ?
सिकेको त पहिल्यै हो, चलाउन थालेको तीन वर्ष ।

पहिला चाहिँ किन नचलाउनु भएको नि ?
विदेश गएको थिएँ । छ वर्ष विदेश बसेर फर्किएपछि चलाउन थालेको हुँ ।

आम्दानी कस्तो छ त ?
पेट पाल्ने मेसो भइरहेको छ ।

गाडी लिएर कहाँ–कहाँ पुग्नु भएको छ ?
पूर्व, पश्चिम, हिल साइड सबैतिर पुगेको छु । धेरै चाहिँ विराटनगर एयरपोर्ट ।

फुर्सदमा के गर्नुहुन्छ ?
परिवारलाई समय दिन्छु ।

फिल्म कत्तिको हेरिन्छ ?
हलमा गएर त खासै हेरिन्न । घरमै टीभी च्यानलमा दिएको फिल्म चाहिँ हेर्छु ।

गीत कस्ता सुन्नुहुन्छ ?
प्यासेन्जरको मोबाइलमा जस्तो छ त्यस्तै बजाइदिन्छु । आफू पनि त्यही सुन्छु ।

घर चाहिँ कता हो तपाईको ?
तेह्रथुम हो तर अहिले धरानमै बसिन्छ ।

चालकहरूले के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
गाडी राम्ररी कुदाउनुपर्छ । अरूतिर ध्यान दिनु हँुदैन ।

गाडी लाइनमा सुधार गर्नुपर्ने के–के छ जस्तो लाग्छ ?
ट्राफिकजाम ठूलो समस्या भएको छ । सरकारले कर लिन्छ तर सुविधा दिँदैन ।

प्रस्तुतिः गोपाल

Leave A Comment