गन्धर्व नाटकघरमा ‘एक चिहान’

सोमबार, ०९ भदौ २०७६, ११ : ३६ शुक्रवार
गन्धर्व नाटकघरमा ‘एक चिहान’ नाटक ‘एक चिहान’ मञ्चन गर्दै कलाकार।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन सुरु भएको छ। पोखरा थिएटरको आठौँ प्रस्तुतिमा मञ्चन सुरु भएको नाटक भदौ १४ गतेसम्म चल्नेछ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक शनिबार तीन सो मञ्चन भयो। नाटकमा युवा तथा विद्यार्थीको आकर्षण बढी देखिएको छ।

हृदय चन्द्रसिंह प्रधानले लेखेको नाटकलाई नाट्य रुपान्तरण परिवर्तन कार्कीले गरेका छन् भने उनैले निर्देशनसमेत गरेका छन्। नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदीप बाँस्तोला, अञ्जु दाहाल, सन्दीप ठाकुर, विष्णु तिमिल्सिना, सुमन तिमिल्सिना, ईश्वरी राना, आशिका केसी, नितिषा बस्ताकोटीको अभिनय देख्न पाइन्छ।

नाटकलाई परिपक्क बनाउन कलाकारहरुले कडा मिहिनेत गरेका छन्।  पाठ्यक्रममा समावेश नाटक भएको कारण विद्यार्थीको रुचि यो नाटकमा बढी देखिएको पोखरा थिएटरका अध्यक्षसमेत रहेका निर्देशक परिवर्तनको विश्वास रहेको छ।

नाटक ‘एक चिहान’ मञ्चन गर्दै कलाकार।

नियमित सो को अलावा बुकिङ सो मार्फतसमेत नाटक मञ्चन भइरहेको थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले बताए। नाटक हरेक साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार १ बजे अतिरिक्त सो र बुकिङ सो को रुपमा अन्य समयमा समेत नाटक मञ्चन भइरहेको छ। झण्डै डेढ घण्टा अवधिको यो नाटकले घरी हँसाउँछ, घरी रुवाउँछ, विगतका स्मरण मात्र हैन गम्भीरसमेत बनाउँछ। पोखरामा नाटक हेर्ने संस्कृतिको विकास हुँदै गएको र नयाँ दर्शकको आकर्षण नाटकमा पर्न थाल्दै गएको थिएटरका सञ्चालक गुरुङको अनुभव छ।

Leave A Comment