गजल सन्ध्यामा मोहन

आइतबार, २२ भदौ २०७६, १० : ५२ शुक्रवार
गजल सन्ध्यामा मोहन

गजल सन्ध्या, पोखराको अध्यक्षमा मोहन भण्डारी निर्विरोध चयन भएका छन्। सन्ध्याको शनिबार सम्पन्न ११ औं अधिवेशनबाट उपाध्यक्षमा वसन्त विनोद, सचिवमा त्रुपक, कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा बालिका अभिलाषी चयन भए। यस्तै सदस्यहरुमा आवाज शर्मा, मैया सुवेदी, अर्जुन दृष्टि पौडेल, विनोद परिवर्तित, कमलबहादुर सुवेदी र सरोज केसी चयन भएका छन्।

अन्य पदहरुमा निर्विरोध भए पनि सचिवमा निर्वाचन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि तीर्थ श्रेष्ठले पोखराको साहित्यिक क्षेत्रलाई गजल सन्ध्याको गतिविधिले थप उचाइ दिएको बताए। सोही अवसरमा गजल सन्ध्याले सञ्चालन गर्ने गरी स्थापित गजल प्रतिभा सम्मानको अक्षय कोषका संस्थापक ढाका थापालाई सम्मान गरिएको थियोे।

Leave A Comment