कास्की २ मा को ?

सोमबार, ३० भदौ २०७६, ०१ : ०३ शुक्रवार
कास्की २ मा को ?

नेकपाका तर्फबाट तीन पटक सांसद रहिसकेका पूर्वमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनापछि रिक्त कास्की २ नं. क्षेत्रको उपनिर्वाचनमा कसलाई उठाउने भन्नेबारे पार्टी प्रस्ट हुन सकेको छैन। निर्वाचनको मिति आउँदो मंसिर २ गते तय भइसक्दा पनि रविन्द्रका उत्तराधिकारी खोज्न सकस परेको हो।

प्रतिनिधि सभाका लागि रिक्त भएको एक मात्र निर्वाचन क्षेत्र हो, कास्की २। त्यसैले पहिलो पटकको निर्वाचनमा प्रतिनिधि सभामा पुग्न नसकेका उम्मेदवारहरुको नजर यो क्षेत्रमा गढेको छ। कास्की २ सत्ताधारी दलका लागि प्रतिष्ठाको विषय समेत हो। उपनिर्वाचनलाई सरकारको लोकप्रियताको जनमत संग्रहको रुपमा समेत हेरिने भएकाले नेकपा कुनै पनि हालतमा सिट गुमाउने पक्षमा छैन। तर मतदान हुन दुई महिना बाँकी नरहँदासमेत को लड्ने हो, टुंगो लगाउन सकेको छैन।

अधिकारीको निधनसँगै सो क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका उपाध्यक्ष बामदेव गौतम उम्मेदवार बन्ने चर्चा शुरु भएको थियो। पहिलो निर्वाचनमा पराजित भएर प्रतिनिधि सभा जानबाट रोकिएपछि बामदेवले विभिन्न निर्वाचन क्षेत्रका सांसदलाई राजिनामै गराएर भए पनि प्रतिनिधि सभा जाने कसरत गरिरहेका थिए।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध चिसिदा उनको प्रयास सफल हुन सकेको थिएन। अहिले ओलीसँग उनको सम्बन्ध सुध्रिइसकेकाले कास्की २ मा उनी नै उम्मेदवार बन्ने सम्भावना बलियो छ।

तर कास्की २ बामदेवका लागि त्यत्ति सहज देखिन्न। पहिलो त रवीन्द्रको स्थानमा उनी उम्मेदवार बन्ने चर्चा शुरु भएलगत्तै उनी आफैंले अस्वीकार गर्दै सो निर्वाचन क्षेत्रमा रवीन्द्र पत्नीलाई उम्मेदवार बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

अधिकारीको निधनसँगै सो क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका उपाध्यक्ष बामदेव गौतम उम्मेदवार बन्ने चर्चा शुरु भएको थियो। पहिलो निर्वाचनमा पराजित भएर प्रतिनिधि सभा जानबाट रोकिएपछि बामदेवले विभिन्न निर्वाचन क्षेत्रका सांसदलाई राजिनामै गराएर भए पनि प्रतिनिधि सभा जाने कसरत गरिरहेका थिए।

बामदेवको भनाइ सार्वजनिक भएसँगै रवीन्द्र पत्नी विद्या पनि महोल बनाउन सक्रिय थइन्। उपनिर्वाचनको मिति सार्वजनिक भएलगत्तै उनले कास्की २ मा टिकटको आकांक्षीको रुपमा आफूलाई सञ्चारमाध्ययमा प्रस्तुत गर्न थालेकी थिइन्। पछिल्लो समय भने उनी केही निस्क्रिय देखिन्छिन्। उनको निस्क्रियताको कारण बामदेवको चाह हुन सक्ने केहीको अनुमान छ।

बामदेव राष्ट्रिय नेता भए पनि सकेसम्म स्थानीय नेताको पक्षमा देखिने जनमतका कारण उनको जोखिम बढ्न सक्छ। ओरालो लागेको सरकारको जनमतका कारण पनि कास्की २ बामदेवका लागि त्यत्ति सहज देखिदैन।

नेकपाबाट बामदेवलाई उम्मेदवार बनाउने चर्चा शुरु भएसँगै प्रमुख प्रतिपक्षी दल र वैकल्पिक राजनीतिको नारा अगाडि सारेका साझा विवेकशील पार्टी पनि आन्तरिक तयारीमा जुटिरहेको छ।

कांग्रेसले कास्की २ को उपनिर्वाचनलाई गम्भीरतापूर्वक लिएको देखिन्छ। सो निर्वाचन क्षेत्रमा माहोल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल कास्की गएर उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिइसकेका छन्।

नेकपाले केन्द्रीय तहको नेता उठाउने कांग्रेसबाट पनि केन्द्रीय तहकै नेता उठाउनुपर्ने विषयमा छलफल चले पनि निर्णय भने भइसकेको जिल्ला तहका एक नेताले जानकारी दिए। कांग्रेसबाट धनराज गुरुङको नाम अगाडि आएको छ। तर उनी उम्मेदवार हुने सम्भावना कम भएको कांग्रेसका एक नेताले बताए।

पहिलो निर्वाचनमा टिकट नपाएको भन्दै आक्रोशित भएका उनी निर्वाचनको जोखिम उठाउन तयार नेताको रुपमा परिचित छैनन्। कास्की २ मा उनको व्यक्तिगत प्रभाव समेत देखिदैन। बामदेव उठ्दा जिल्ला बाहिरको नेता उठाएको भन्दै बिच्कन सक्ने मतदातालाई धनराजले आकर्षित गर्न सक्ने देखिन्न।

काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग झिनो मतले पराजित भएका साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्र समेत कास्की २ बाट उम्मेदवार बन्ने मुडमा देखिएका छन्। जानकारका अनुसार मिश्रले कास्की २ को मतदाताको मुड बुझ्न त्यहाँ क्रियाशीलहरुसँग फोनमार्फत छलफल गरिरहेका छन् भने उनी पोखरा जाने तयारीमा छन्।

धनराजको तुलनामा अघिल्लो निर्वाचनमा रविन्द्रसँग पराजित भएका देवराज चालिसे नै बलिया उम्मेदवार हुने स्थानीय कांग्रेसी कार्यकर्ताको विश्लेषण छ। गत निर्वाचनमा यी दुवैको मतान्तर ८ हजार ५ सय ४६ थियो। रवीन्द्रले ह्याट्रिक गर्दा २७ हजार २ सय ७ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी चासिलेले १८ हजार  ६ सय ६१ मत ल्याएका थिए। चालिसे सो क्षेत्रमा प्राज्ञिक व्यक्तिका रुपमा परिचित छन्।

यस बीचमा सो निर्वाचन क्षेत्रमा १ हजार ६ सय नयाँ मतदाता थपिएका छन्। उपनिर्वाचनमा ७२ हजार २ सय ६१ मतदाताले मतदान गर्न पाउनेछन्। कांग्रेसबाट उम्मेदवार बन्न ऋषि काफ्ले र उज्ज्वल बरुवाल पनि दौडधुपमै छन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग झिनो मतले पराजित भएका साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्र समेत कास्की २ बाट उम्मेदवार बन्ने मुडमा देखिएका छन्। जानकारका अनुसार मिश्रले कास्की २ को मतदाताको मुड बुझ्न त्यहाँ क्रियाशीलहरुसँग फोनमार्फत छलफल गरिरहेका छन् भने उनी पोखरा जाने तयारीमा छन्।

मिश्रसमेत उम्मेदवार भए निर्वाचन त्रिपक्षीय हुन सक्ने केहीको धारणा छ। नत्र उपनिर्वाचन सत्ताधारी दल र प्रमुख प्रतिपक्षीबीच प्रतिष्ठाको लडाईंको रुपमा दुईपक्षीय हुने पक्का छ।

Leave A Comment