पोखरामा नेवारी संग्रहालय

सोमबार, ३० भदौ २०७६, ०१ : १३ शुक्रवार
पोखरामा नेवारी संग्रहालय

पोखरामा घुम्नै पर्ने अर्को गन्तव्य थपिएको छ। तालतलैया, हिमशृङ्ला, गुफा लगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण यो शहरमा यतिबेला नेवारी परम्परा तथा संस्कृति अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक संग्रहालय स्थापना गरिएको हो। नेवारी संस्कृति तथा जीवनशैलीका साथै उनीहरूको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीबारे पछिल्लो पुस्तालाई ज्ञान दिने र पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ संग्रहालय निर्माण गरिएको हो।

भीमसेन द्वादश गुठीको पौने तीन रोपनी जमिनमा आकर्षक नेवाःक्षे (नेवारी भवन)को निर्माण गरेको छ। सो भवनको तेस्रो तल्लामा संग्रहालय स्थापना गरिएको हो। संग्रहालय निर्माणपछि यसको मौलिकताबारे प्रचारप्रसार गराउन नेवाः खलले गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साललाई अवलोकन गराएको थियो।

संग्र्रहालयमा नेवारी परम्परा तथा संस्कृति झल्काउने पुराना भाँडा, रोजा, कलश, मधुश लगायतका सामग्री राखिएको र विस्तारै थप गर्दै जाने नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए। संग्र्रहालयभित्र २ सय ३६ वर्ष पुरानो पाथी देख्न सकिन्छ भने छ फिट अग्लो पानस पनि रहेको छ। त्यस्तै २०९ वर्षअघिको गाग्री संग्र्रहालयमा राखिएको छ। संग्रहालयभित्रै तायामचाः, बाह्रभैरव नाच लगायत सम्पूर्ण नेवारी कर्मकाण्ड बारेको श्रव्यदृश्य सामग्रीसमेत राख्दै नेवारी संस्कार संस्कृतिका अध्येता र पर्यटकलाई अवलोकन गराउने लक्ष्य राखिएको पालिखेले बताए।

Leave A Comment