सहारामा केशवबहादुर

सोमबार, ०६ असोज २०७६, १२ : ३५ शुक्रवार
सहारामा केशवबहादुर

सहारा क्लब पोखराको अध्यक्षमा पुनः केशवबहादुर थापा चयन भएका छन्। क्लबको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले थापाको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन गरेको हो।

आगामी दुई वर्षे कार्यकालका लागि १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। क्लबको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन, सहकोषाध्यक्षमा विनु राना मगर चयन भएका हुन्। यसअघि बराल उपाध्यक्षमा रहेका थिए भने अधिकारी सचिव चुनिएका थिए। विनु सदस्य थिइन्।

त्यसैगरी सदस्यहरुमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दीप सुवेदी, गंगाराज पौडेल र विष्णु कार्की सर्वसम्मत चयन भएका छन्। सुनिल राना मगर र बिष्णु कार्की उक्त कार्यसमितिमा नयाँ अनुहार हुन्।

Leave A Comment