बिनु मिस गुरुङ

सोमबार, ०६ असोज २०७६, ०१ : ०८ शुक्रवार
बिनु मिस गुरुङ

मिस गुरुङ इन्टरनेसनल सिजन ३ को उपाधि तनहुँकी बिनु गुरुङले जितेकी छन्। देशभरिबाट छानिएका १५ प्रतिस्पर्धीबीच सम्पन्न भएको मिस गुरुङ इन्टरनेसनल तेस्रो संस्करणको उपाधि बिनुले जितेकी हुन्।

फाइनलमा १४ प्रतिस्पर्धी थिए। फस्ट रनरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड अञ्जु गुरुङ भइन्। मल्टिमिडियाको उपाधि मेरिजन गुरुङले हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले उठाइन्। विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार हात पारिन्। साथै सम्पूर्ण विजेताहरूले विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेका छन्।

इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरी १ सय ५० भन्दा बढी गुरुङ प्रतिस्प्रर्धीले छनोट चरणमा सहभागिता जनाएका थिए।

Leave A Comment