पुरुषोत्तमकोे ‘नाकै माथि फुली’

सोमबार, १३ असोज २०७६, ११ : ३८ शुक्रवार
पुरुषोत्तमकोे ‘नाकै माथि फुली’

गायक पुरुषोत्तम न्यौपानेको ‘नाकै माथि फुली’ गीत सार्वजनिक गरेका छन्। उनले मध्यपश्चिम क्षेत्रमा लोकप्रिय सीगारु गीत सार्वजनिक गरेका हुन्। गीतमा न्यौपाने र शक्ति चन्द्रको आवाज छ। गीतको लय तथा शब्द संकलन किरण बाबु पन्त र एरेन्ज राजु सुनामले गरेका छन्।

शंकरा डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा गायक न्यौपाने स्वयंको अभिनय हेर्न पाइन्छ। भिडियोमा महिलाको पहिरनमा छड्के तिलहरी, पोतेमा सजिदै न्यौपानेले नृत्य गरेका छन्। उनीसँगै गोविन्द विवश र शक्ति चन्दको अभिनय भिडियोमा हेर्न पाइन्छ। भिडियोको निर्देशन र सम्पादन राजकुमार मगरले गरेका हुन्।

Leave A Comment