‘गुञ्जन’को मुहूर्त

सोमबार, १३ असोज २०७६, ११ : ४६ शुक्रवार
‘गुञ्जन’को मुहूर्त

पोखराको विन्ध्यवासिनी मन्दिरमा चलचित्र गुञ्जनको शुभमुहूर्त भयो। उक्त चलचित्रको ९० प्रतिशत छायांकन पोखरामा हुने र बाँकी काठमाडौंमा गरिने निर्माण युनिटले जानकारी दिएको छ। एएच इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको निर्देशक अष्टमान महर्जन हुन्। चर्चित द्वन्द्व निर्देशक अष्टमान महर्जनले चलचित्र गुञ्जनबाट निर्देशनमा डेब्यू गरेका छन्।

प्रेम कथामा आधारित रहेको फिल्म गुञ्जनलाई सुनिता शाहीले निर्माण गरेकी हुन् भने हीराकृष्ण शाहीले प्रस्तुत गरेका हुन्। उक्त फिल्मलाई चर्चित छायाँकार राजेश श्रेष्ठले छायांकन गर्दैछन्। महेश दवाडीको कथा, पटकथा र संवाद रहेको फिल्म गुञ्जनमा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत रहेको छ भने अस्मिता अधिकारी, निशान भट्टराई र बनिका प्रधानले उक्त चलचित्रको गीतमा स्वर भरेका छन्। फिल्ममा सरोज खनाल, हिउवाला गौतम, सारा सिरपाली, प्रीतमराज सेञ्चुरी, रोहन शाही, कविर खड्कालगायतको मुख्य अभिनय देख्न पाइनेछ।

Leave A Comment