मिस कलेज एलिना

मङ्गलबार, २६ कार्तिक २०७६, १० : ५४ शुक्रवार
मिस कलेज एलिना

पोखरा लामाचौरकी एलिना श्रेष्ठले मिस कलेज पोखरा –२०१९ को उपाधि जितेकी छिन्। पोखरा उद्योग वाणिज्य संघको हलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले ९ जनालाई पछि पार्दै उपाधि जितिन्। एलिनाले उपाधिसहित थप तीनवटा सवटाइटल पनि जितिन्। एचबी प्रोडक्सनले आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअप सिम्रन बानियाँ र सेकेन्ड रनरअप रोजिना विश्वकर्मा भइन्। उनीहरुले नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाए।

भ्युअर च्वाइसको पुरस्कार करिना परियार तथा अर्गनाइजर च्वाइसको पुरस्कार सिर्जना केसीले जिते। पोखराका विभिन्न कलेजमा अध्ययनरत युवतीले भाग लिएको प्रतियोगितामा उत्कृष्ट कलेजको ट्रफी करुणानिधि माविले जितेको छ। कलेजतर्फ फस्ट रनरअप गुरुकुल विद्याश्रम, सेकेन्ड रनरअपको पुरस्कार पोखरा युनाइटेड एकेडेमीले जित्यो।

Leave A Comment