‘शिरसुबा’ बनाउँदै माओत्से

मङ्गलबार, ०३ मङि्सर २०७६, ०१ : ५८ शुक्रवार
‘शिरसुबा’ बनाउँदै माओत्से

पोखरा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतिमा गुरुङ भाषाको फिल्म ‘शिरसुबा’ बन्ने भएको छ। फिल्मलाई चर्चित कलाकार, निर्देशक माओत्से गुरुङले निर्देशन गर्नेछन्।

शनिबार पोखरामा कार्यक्रमको आयोजना गरी फिल्मका कलाकार तथा प्राविधिकको चिनारी दिइएको थियो। फिल्मको कात्तिक १७ देखि कास्कीको रमणीय ठाउँ घान्द्रुकमा छायांकन सुरु भइसकेको छ।

फिल्ममा विश्वास गुरुङ, सुमन गुरुङ, सुमित गुरुङ, प्रीति गुरुङ, टीकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, पुनबहादुर गुरुङ, राजेन्द्रबहादुर थापा, बाल कलाकार अतीत गुरुङलगायतका कलाकार पर्दामा देखिनेछन्।

Leave A Comment