पानीमा छमछमी

शुक्रबार, २८ साउन २०७३, १२ : १८ शुक्रवार , Kathmandu
पानीमा छमछमी

पोखरामा रेन्टरटेनमेन्टको तेस्रो सिजनमा युवायुवती पानीको फोहरामै छमछमी नाचेका छन् । शनिवार लेकसाइडस्थित व्यञ्जन रेस्टुरेन्टमा भएको कार्यक्रममा युवायुवतीको उल्लेख्य उपस्थिति थियो । जक्सन डटकमको प्रस्तुति र ओम इभेन्ट्सको व्यवस्थापनमा भएको रेन्टरटेनमेन्ट कार्यक्रममा डिजेले पानीको सावरसँगै युवायुवतीलाई नचाए ।
आयोजक एव व्यञ्जन रेस्टुरेन्टका सञ्चालक वैभव पौडेलले रेन्टरटेनमेन्ट आफैँमा एउटा ब्रान्डको रूपमा स्थापित भइसकेको सुनाए । यस्ता इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत पोखरातिर आकर्षित गर्ने पौडेलले बताए । उनले अघिल्ला वर्षभन्दा यो सिजनमा सहभागीहरू ह्वात्तै बढेका दाबी गरे ।

Leave A Comment