लिटल फेरीको ट्यालेन्ट राउण्ड

शनिबार, १९ पुष २०७६, १२ : ५५ शुक्रवार
लिटल फेरीको ट्यालेन्ट राउण्ड

तेस्रो संस्करणको लिटल फेरी पोखरा २०१९ ट्यालेन्ट कन्टेस्टको सेल्फ ट्यालेन्ट राउण्डमा प्रतियोगीले आ–आफ्ना कला देखाएका छन्। एसटी क्रिएसन म्यानेजमेन्ट प्रालिको आयोजनामा भैरहेको प्रतिायोगितामा पोखराका विभिन्न १६ विद्यालयका २५ सहभागी छन्। उनीहरुले नृत्य, गायन, चित्रकला, वत्तृत्वकलालगायतका कला देखाए। प्रतियोगिताको प्रशिक्षण अवधिभर फोटो सेसन, शैक्षिक अवलोकन भ्रमण, रमाइलो क्याम्प, सेल्फ ट्यालेन्ट राउण्ड हुँदै माघ ४ गते, अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक ईनिशा दुराले बताइन्।

दुई हप्ता प्रशिक्षण गराएपछि बालबालिकाहरूको व्यक्तित्व, नेतृत्व तथा बौद्धिक क्षमतालाई उजागर गराउनुका साथै बालबालिकाहरूमा निहित प्रतिभालाई प्रोत्साहित गरी प्रस्फुटन गराउन कार्यक्रम गरिएको संस्थाका प्रबन्ध निर्देशक सुरज थापाले जानकारी दिए।

Leave A Comment