भिडियोमा खिलाङ गाउँ

सोमबार, ०६ माघ २०७६, ०१ : ५२ शुक्रवार
भिडियोमा खिलाङ गाउँ

मादी गाउँपालिकाको खिलाङ गाउँको पर्यटन प्रवद्र्धन तथा गाउँको प्रचार–प्रसार गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरिएको छ। म्युजिक भिडियो पोखरामा विमोचन गरिएको छ। उक्त म्युजिकमा भिडियोमा गाउँ र त्यहाँको सांस्कृतिक तथा प्राकृतिक सम्पदा देखाइएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँको पर्यटन प्रवद्र्धनमा योगदान पु-याउने उद्देश्यले गीतसहित म्युजिक भिडियो तयार पारिएको निर्देशक नौजङ गुरुङले बताए।

म्युजिक भिडियो विमोचनपछि गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ (श्याम) ले यस्ता म्युजिक भिडियोले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने बताए। ‘हिमाल झलल मादी सलल’ बोलको उक्त गीतमा शब्द र संगीत कृष्णकुमार गुरुङको छ भने रजनी रिदम राईले स्वर भरेकी छन्। सिर्जना गुरुङले अभिनय गरेको भिडियोको निर्देशन गोरे गुरुङले गरेका छन्।

Leave A Comment