राजनको ‘सुर्ती माडेर’

सोमबार, ०६ माघ २०७६, ०१ : ५६ शुक्रवार
राजनको ‘सुर्ती माडेर’

एक वर्षअघि आएको ‘पान खायो मायाले चुना हालेर’ बोलको गीत सफल भएपछि सोही टिमले ‘सुर्ती माडेर’ बोलको गीत ल्याएको छ। यो गीतमा राजन कार्की र मेलिना राईको स्वर छ। गीतको शब्द सागर लामाको हो।

सुनिल परियारको संगीत संयोजन रहेको सो गीतलाई राजन कार्कीले आफ्नै युट्टुव च्यानलबाट सार्वजनिक गरेका छन्। प्रकाश भट्टको कलात्मक निर्देशन रहेको सो गीतमा जुना सुन्दास र आकाश श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ। राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन्।

Leave A Comment