स्यारोनलाई ताज

सोमबार, २० माघ २०७६, ०१ : १८ शुक्रवार
स्यारोनलाई ताज

तेस्रो संस्करणको ‘लिटल फेरी पोखरा–२०१९’ को ताज ग्लोबल कलेजियट स्कुलकी छात्रा स्यारोन बुढामगरले हात पारेकी छिन्। कक्षा ५ मा अध्ययनरत उनले २४ प्रतिस्पर्धीलाई पछि पार्दै ताज  हात पारेकी हुन्। स्यारोनले क्राउन सहित २५ हजार रुपैयाँ पुरस्कार पाइन्। एसटी क्रिएसन म्यानेजमेन्ट प्रालिले गरेको प्रतियोगितामा समूह ‘ए’ बाट शिशु निकेतन स्कुलकी कक्षा ३ मा अध्ययनरत रेजलिन श्रेष्ठ फस्ट रनरअप, प्रतिभा बोर्डिङ स्कुलकी एन्जिया थापा मगर सेकेण्ड रनरअप र मदरल्याण्ड उच्च माविकी इप्सु न्यौपाने थर्ड रनरअप भए। त्यस्तै समूह ‘बी’ बाट करुणानिधि एजुकेशन फाउण्डेशनकी सिम्रन मल्ल फस्ट रनरअप, शिशु निकेतनकी अनन्या खत्री सेकेण्ड रनरअप, सरस्वती आवासीय विद्याश्रमकी सचीना गुरुङ थर्ड रनरअप र मदरल्याण्ड उच्च माविकी छात्रा ग्रिष्मा गिरीले दर्शक छनोटको उपाधि हात पारे।

प्रतियोगितामा सहभागी १६ विद्यालयका २५ जना प्रतिस्पर्धीलाई अन्य विभिन्न विधामार्फत अवार्ड, प्रमाणपत्र र गिफ्ट ह्याम्परसहित पुरष्कृत गरिएको थियो। प्रतिस्पर्धीहरुले स्वागत नृत्य, परिचय राउन्ड, प्रश्न उत्तर राउन्ड, स्पिच राउन्ड हुँदै अन्तिम प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय सुनाइएको हो। हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, अबाकस मेन्टल म्याथका प्रबन्ध निर्देशक उपेन्द्र अधिकारी, थमरुल डिएमआइटी पोखराका निर्देशक कञ्चन गुरुङ, मिस गण्डकी सिजन ३ की सेकेण्ड रनरअप तथा भिजे सृष्टी आचार्य र कृष्टल इन्टरनेशनल मन्टेश्वरी होमकी प्रबन्ध निर्देशक रिना पौडेल र सञ्चारकर्मी आशिष पुरी प्रतियोगिताको निर्णायक थिए। एक महिनासम्म प्रशिक्षण दिएर बालबालिकाको व्यक्तित्व, नेतृत्व तथा बौद्धिक क्षमतालाई उजागर गराउनका लागि प्रतियोगिता गरिएको संस्थाका प्रबन्ध निर्देशक सुरज थापाले जानकारी दिए। कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्न गायक प्राप्ति तुलाचन, एलिना गुरुङ, सन्देश भुर्तेलले गीत सुनाएका थिए भने भने बिजी एरोबिक डान्स एकेडेमीका कलाकारहरु, सन्ध्या गुरुङ, प्रकृति थापा, प्रतिमा भण्डारीलगायतले नृत्य प्रस्तुति दिएका थिए।

Leave A Comment