सूर्योदयलाई लोक नृत्य उपाधि

सोमबार, २० माघ २०७६, ०१ : २४ शुक्रवार
सूर्योदयलाई लोक नृत्य उपाधि

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ। फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडि पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधि हात पारेको हो। उपाधिसँगै स्कुलले ४० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पुरस्कार पायो। प्रतियोगितामा कुमुदिनी होम्सले दोस्रो स्थान हासिल गर्दै २५ हजार, ट्रफी र प्रमाणपत्र जित्यो। तेस्रो भएको कास्की मोर्डनाइज्ड एकेडेमीले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र पायो भयो भने राइजिङ स्टार सान्त्वना हुँदै ७ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगितामा विजेताहरुलाई क्लबका अध्यक्ष लालकाजी गुरुङ प्रथम पुरस्कारका प्रायोजक आँधीखोला दोहोरी साँझ एण्ड पार्टी प्यालेसका अरुण गुरुङ, दोस्रो पुरस्कारका प्रायोजक पोखरा कान्तिपुर पार्टी प्यालेस बुद्धचोक पोखराका सञ्चालक लीला जिसी, तेस्रो पुरस्कार प्रायोजक अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिका अध्यक्ष यदुनाथ अधिकारी, सान्त्ववना पुरस्कारका प्रायोजक सुमित्रा राइस मिलका सञ्चालक रमेशबहादुर कार्की र कार्यक्रम संयोजक रबिन गुरुङले पुरस्कार वितरण गरेका थिए। अमरसिंह चौरमा जारी दसांै संस्करणको पोखरा महोत्सवमा प्रतियोगिता गरिएको थियो।

Leave A Comment