प्रतिक्षालाई मिस कल्चरको ताज

मङ्गलबार, १३ फागुन २०७६, ०१ : ०० शुक्रवार
प्रतिक्षालाई मिस कल्चरको ताज

छैटाैँ संस्करणको ‘मिस कल्चर नेपाल –२०२०’ को ताज हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छिन्। उनले मस्ट कन्फिडेन्ट टाइटलसमेत हात पारिन्। पुष्पाञ्जली फेसन एन्ड इभेन्टले गरेको कार्यक्रममा फस्ट रनर अप सपना गौतम, सेकेन्ड रनर अप सुहाना क्षेत्री, थर्ड रनर अप करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सुस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुवेदीले जितिन्।

प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाही, वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिपिलिन बिबिका लामिछाने, मस्ट एक्टिभ मनीषा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट क्रिएटिभ सुस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए।

‘हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ भएको प्रतियोगितामा १५ जना सहभागी थिए। माघबाट सुरु भएको प्रतियोगितामा ३० जना युवती सहभागी थिए। प्रतियोगिताको निर्णायकमा लेखक तथा समालोचक रेशम गिरी, ह्यापी बोर्डिङ स्कुलका प्राचार्य कविराज बराल, फिल्मि निर्देशक सावित्री खत्री, सञ्चारकर्मी कविता श्रेष्ठ, मोटिभेसनल ट्रेनर इन्द्रमणि ढुंगाना, मोडल सोनु मल्ल खाँण र मिडियाकर्मी कमल बराल थिए।

Leave A Comment