फिल्ममा चम्किँदै तेज

मङ्गलबार, २० फागुन २०७६, १२ : १८ शुक्रवार
फिल्ममा चम्किँदै तेज

अभिनय भनेपछि बाल्यकालदेखि नै भुतुक्क हुन्थे तेज गिरी। स्कुलका विभिन्न कार्यक्रममा नाटक प्रस्तुत गर्दै अभिनयमा होमिएका हेटौंडाका तेज ३ वर्षदेखि काठमाडौंमै बसेर कलाकारितामा रमाउँदै छन्। पोखरमा रहँदा मिस्टर नेपाल २०१२ मा भाग लिएर उत्कृष्ट ४ सम्मको यात्रा तय गर्दै मोस्ट ट्यालेन्टको उपाधि जितेपछि उनलाई अभिनय भोक झन् जाग्यो।

विस.२०६९ मा “काले” फिल्ममा अभिनय गर्ने अवसर पाएपछि उनको यात्रा म्युजिक भिडियोतिर बढ्यो। इन्दिरा जोशी, राजेश पायल राई, राजु परियार, रामभक्त जोजिजुलगायतका गायकहरुको गीतमा गरी तेजले डेढ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

नेपाली फिल्म “धौली” मा सह नायकको भूमिकामा अभिनय गरेपछि वित्तीय साक्षरतासम्बन्धीको फिल्म “परिवर्तन” मा मुख्य भूमिकामा अभिनय गरे। त्यसयता उनी एकपछि अर्को अभियन गर्ने मौका पाइरहेका छन्। “लभ लभ लभ”मा काम गरेपछि तेज झन् हौसिए। नृत्य र अभिनयमा पोख्त उनले पञ्चेबाजा, रनवीर र गोपी फिल्ममा समेत आफ्नाको कला देखाइसकेका छन्। तेजले मुख्य भूमिकामा अभिनय गरेको फिल्म “यस्तो पो वडाध्यक्ष” केही समयमै रिलिज हुँदैछ। ‘समसामयिक विषय वस्तुमा निर्माण भएको यो फिल्मले आम दर्शकको मन जित्नेमा ढुक्क छु, फिल्मले देश विकासको मुद्दालाई पृथक ढंगबाट उठान गरेको छ,’ उनी भन्छन्। अभिनय मात्र नभई तेज कुशल कार्यक्रम सञ्चालक र प्रशिक्षक पनि हुन्। कार्यक्रम सञ्चालन र प्रशिक्षणको दौरानका क्रममा उनले नेपालको ५५ जिल्ला घुमेर आफ्ना हजारौं प्रशंसकहरु कमाइसकेका छन्।

Leave A Comment