मिस नेवाको ट्यालेन्ट राउन्ड

सोमबार, ०३ चैत २०७६, ११ : २३ शुक्रवार
मिस नेवाको ट्यालेन्ट राउन्ड

‘मिस नेवा ११४०’ का प्रतियोगीको ट्यालेन्ट राउन्ड सकिएको छ। नेवा खल कास्कीले आयोजना गरेको कार्यक्रममा प्रतियोगीले शनिबार आ–आफ्ना प्रस्तुति राखे। मिस नेवामा नेवारी समुदायका १८ देखि २२ वर्षका २२ युवती सहभागी छन्। ट्यालेन्ट राउन्डका निर्णायकमा शम्भुलाल श्रेष्ठ, आन्नद बज्राचार्य र रिना गोसेली थिए। मिस नेवा विजेताले ४० हजार रुपैयाँ, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन्। उपविजेताले २५ हजार रुपैयाँ, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रो हुनेले १५ हजार रुपैयाँ डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर पुरस्कार पाउने संस्थाका अध्यक्ष अशोक पालिखेले जानकारी दिए।

प्रतियोगिताका उत्कृष्ट नेवारी भाषा, भ्युअर्स च्वाइस, मस्ट ट्यालेन्ट अवार्ड, बेस्ट पर्सनालिटी, बेस्ट फ्रेन्डली, बेस्ट स्माइल र फोटोजेनिकको सबटाइटलले समेत पुरस्कृत गरिनेछ। नेपाल संवत् ११३१ देखि वर्षेनी हुँदै आएको यो प्रतियोगिताको नवौ संस्करण हो। प्रतियोगिताको फाइनल चैत ८ गते पोखरा सभागृहमा हुनेछ।

Leave A Comment