‘कोभिड–१९ नेपालः इनफ इज इनफ’ को अभियन्ता मध्येका एक हुन्, पुकार बम। २०४४ सालमा कैलालीको धनगढीमा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट ‘सोसल वर्क’मा विद्यावारिधि गरिरहेका छन्। उनी विवेकशील नेपाली दलका संस्थापक तथा संघीय समिति सदस्य हुन्। सो अभियानले कोराना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई खबरदारी गरी विभिन्न अभियान चलाएको थियो। जसमा १२ दिनसम्मको अनसनपछि अभियन्ता र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच कोरोना भाइरस नियन्त्रण गर्ने विषयमा १२ बुँदे समझदारी भएको छ। उनै अभियान्ता पुकार बमसँग उपेन्द्र खड्काले गरेको अन्तरंग कुराकानीः
‘कोभिड–१९ नेपालः इनफ इज इनफ’ भन्ने अवधारणाको जन्म कसरी भयो ?
लकडाउन लम्बिदै जाँदा मानिसहरु घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था भयो। मानिसहरुले धेरै दुःख पाउने अवस्था भयो। ७०÷८० दिन भन्दा बढी लकडाउन भएपछि आजित भएर अब त अति भयो भन्ने हिसाबले ‘कोभिड–१९ नेपालः इनफ इज इनफ’ जन्मियो।
मुख्य रुपमा यसको अवधारणा कसले ल्यायो ?
यसका बारेमा ग्रुपमा छलफल भैरहेको थियो। त्यसमा पनि पहिलोपटक ईः लगायतका साथीहरुमार्फत् ‘कोभिड–१९ नेपालः इनफ इज इनफ’ अभियानको रुपमा लाग्नुपर्छ भन्ने कुरा उठ्यो।
कसरी सामाजिक सञ्जालमार्फत् यो अभियानको सुरुवात भयो त ?
सुरुमा फेसबुकमा करिब चार सय जना हुनुहुन्थ्यो। पछि बढ्दै गएको हो। शृङ्खला खतिवडा लगायतका धेरै व्यक्तिहरु जोडिनुभयोे।
यसको अर्थ ईः र तपाईंले अभियानको नेतृत्व गर्नु भएको हो ?
हैन, त्यसरी पनि नभनौं। स्वःस्फूर्तरुपमा हो। यो त लिडरलेस हो। कोही एक जना व्यक्ति नै लिडर भन्ने थिएन।
गाइडिङ गर्न त कोही न कोही नेतृत्व लिने व्यक्ति चाहिएन र ?
त्यसका लागि टिम बन्दै गयो।
अभियानको सुरुवात कसरी भयो त ?
सुरुमा त सरकारलाई खबरदारी गर्न सामाजिक सञ्जालमार्फत् आह्वान गर्यौं। घरमा बस्दाबस्दा सबैलाई मनमा पीडा रहेछ।
अभियानमा जानका लागि मापदण्ड पनि बनाउनु भएको थियो नि, हैन ?
पक्कै पनि। अभियानमा जानका लागि हामीले ‘कोभिड–१९ नेपालः इनफ इज इनफ’ ग्रुपमा गाइडलाइन बनाएका थियौं। नारा बनाएका थियौं। गाइडलाइन र नारासँग मन मिल्नेहरु स्वतस्फूर्त आउनुहुन्थ्यो।
गाइडलाइन कस्ता थिए ?
सोसल डिस्टान्स मेन्टेन गरेर, फिजिकल डिस्टान्स मेन्टेन गरेर, मजाले मास्क, पञ्जा लगाएर, स्यानिटाइजर लिएर अभियानमा सहभागी हुनुपथ्र्यो। बालुवाटारको अभियानमा त्यसरी नै पुगेका थियौं।
त्यसो भए पहिलो अभियानै बालुवाटारबाट सुरुभयो हैन त ?
हो। दुई महिना बढीसम्म पनि सरकारले नसुनेपछि आफ्नो कुरा राख्न सडकमै जानुपर्छ भनेर बालुवाटारबाटै पहिलो अभियानको सुरु भयो। त्यसपछि नक्साल र माइतीघरमा भयो।
बालुवाटारको अभियानमा कति जना जम्मा हुने योजना थियो ?
५०/१०० जना मात्रै हुन्छौं जस्तो लागेको थियो तर हजारौंको संख्यामा भयौं। त्यति धेरै मान्छे आउँछन् भन्ने एक्सपेक्टेसनै थिएन।
अभियान कसरी अगाडि बढ्छ भन्ने लागेको थियो ?
त्यहाँबाट (बालुवाटारबाट) जुन सरकारी दमन सुरु भयो। त्यसले झन् भुसको आगो जस्तै भयो। बीचमा धेरै उतारचढाव आए।
अभियानको व्यावस्थापन कसरी भयो ? यसको व्यवस्थापनका लागि कति व्यक्ति हुनुहुन्थ्यो ?
करिब ५० जना जतिको टिम थियो। सत्याग्रहमा हामी होमिइसकेपछि सुरुदेखि अन्त्यसम्म (ईः र म) भएको हुनाले अन्तिममा ईः र म देखिएका हौं।
त्यसो भए यो अभियानलाई सहज बनाउन धेरै व्यक्तिको साथ थियो भनेर बुझ्दा भयो हैन त ?
हो। वार्ता टोलीमा विज्ञहरु, डाक्टरहरु, पब्लिक हेल्थका व्यक्तिहरु, सेलिब्रिटीहरु लगायत हामीलाई सपोर्ट गर्ने मान्छेहरु थुप्रै हुनुहुन्थ्यो।
अनसनै बस्ने सोच चाहिँ कसरी सुरुभयो त ?
म आफैं पनि डा. गोविन्द केसीसँग १६/१७ वटा अभियानसम्म टिम लिड, अर्गनाइनाइज गर्ने हिसाबले इन्भल्भ थिएँ। त्यहाँबाट इन्स्पिरेसन आयो।
डाक्टर केसीको सत्याग्रहमा तपाईंको के भूमिका थियो ?
त्यहाँ कोअर्डिनेसन, म्यानेजमेन्टको पार्ट हेर्थें। प्रहरी प्रशासन लगयातसँग समन्यव गर्ने भूमिका थियो। माहोललाई शान्त बनाउने हुन्थ्यो।
सत्याग्रहको बाटो किन रोज्नुभएको त ?
हाम्रो अभियानै अहिंसात्मक हो। सरकारविरुद्ध नारा लगाएर सरकारको राजिनामा माग्ने उद्देश्य थिएन। अनेक किसिमका स्वार्थ भएकाहरुको घुसपैठ पनि हुन थालेपछि भाँडभैलो हुने देखिएकाले सत्याग्रहको बाटो रोजेका हौं।
त्यसोभए सडकमा आन्दोलन गर्न डर लागेर विकल्पका रुपमा अनसन सुरु गर्नुभएको हो ?
कोरोनाको संक्रमण फैलिँदै गएपछि हामी आफैं सचेत भएर नैतिक जिम्मेवारी लिएर हाम्रै कारणले पो झन् रोग फैलने हो कि भनेर विकल्प नरहेपछि अन्तिम विकल्पका रुपमा बरु आफू मर्छौं तर सत्याग्रहमा बस्न तयार छौं, आफूलाई गह्रौँ बनाउँछौं तर सरकारलाई आफ्नो कुरा सुनाएरै छोड्छौं भन्ने हिसाबले अन्तिम अस्त्रका रुपमा सत्याग्रह बसेका हौं।
असार १२ गतेबाट पाटनबाट अनसन सुरु भयो, पाटन नै किन ?
पाटन दरबारको ‘मनिमण्डप फाल्चा’मा चार जना बसेर सत्याग्रह सुरु भयो। सडक अभियान चलेको करिब चार हप्तापछि सत्याग्रह सुरु गर्यौं। पाटन धार्मिक, सांस्कृतिक र ऐतिहासिक ठाउँ भएकाले सरकारलाई आफ्ना कुरा सुनाउन पनि उपयुक्त ठाउँ लाग्यो। स्थानीयसँग कुरा मिलेर पनि हो। वसन्तपुर र अन्य ठाउँमा पनि हेरेको हो तर अन्त भन्दा पाटनमा साथ र सहयोग मिल्यो। साथ नभएको भए मारपिट पनि हुन सक्थ्यो।
सुरक्षाको प्रबन्ध कसरी मिलाइयो त ?
पहिलो दिन त हाम्रा साथीहरुलाई सुरक्षाको दृष्टिले भन्दै राति नौ बजे जावलाखेल प्रहरीले उठाएर लगिसक्नुभएको थियो। प्रहरी कार्यालयमै साथीहरुले अनसन सुरु गर्नु भयो। जहाँबाट ल्याएको त्यहीँ छोड्ने सहमति भएपछि भोलिपल्ट दिउँसो पाटन नै पु¥याइदिनुभयो। त्यसपछि २४ सै घण्टा प्रहरीले नै सत्याग्रह स्थलमा सुरक्षा दिएका थिए।
असार १२ गतेबाट अनसन गर्नुभयो ? सुरुमा को–को अनसन बस्नुभयो ?
पहिलो दिन ईः र सुवानी सिजापति बस्नुभयो। एक दिनपछि सुधन गुरुङ र म पनि बस्न थाल्यौं। अभियानमा सुरुदेखि नै भए पनि मेरो काम इन्टरनल सेक्युरिटी मेनेज्मेन्ट थियो। विभिन्न पक्षसँग समन्वय गर्नु मेरो काम थियो। त्यसैले दोस्रो दिनदेखि अनसन बसेँ। मेरो एक्सपेरियन्सको हिसाबले पनि साथीहरुको आत्मबल बढाउन आफू पनि सत्याग्रहमा बसेँ। सुवानी र सुधनले भने सत्याग्रह बसेको पाँचौँ दिनमा गाह्रो भएपछि छाड्नु भयो।
अनसन स्थलमा ठूला नेतासमेत आउनु भयो नि, हैन ?
मलाई याद भएसम्म कांग्रेसका गगन थापा, जसपाका बाबुराम भट्टराई, हिसिला यमी, राप्रापा र अन्य दलका नेता, पूर्वमन्त्रीहरु लगायत थुप्रै पुग्नु भएको थियो। नेकपाका पनि नखुल्ने गरी आन्तरिक रुपमा आउनुभएको थियो। नेकपाका सांसदहरुले पनि फोनमार्फत मज्जाले समर्थन जनाउनुभएको थियो।
वर्तमान मन्त्रीहरुले पनि सम्पर्क गरेका थिए ?
हो। मन्त्रीज्यूहरुसँग पनि कुरा भयो। वर्तमान मन्त्रीहरुले पनि नखुली यो त सरकारको प्रमुख मुद्दा नै हुनुपर्छ भनेर हाम्रा मागमा सहमति जनाउनु भएको थियो।
कतिपय कलाकार लगायतका व्यक्तिका यो अभियानमा राजनतिक रङ देखिएकाले अब हामी यो अभियानमा सहभागी छैनौं भन्ने किसिमका अभिव्यक्ति आए। के साँच्चै यो अभियान कतैबाट परिचालित त थिएन ?
बिल्कुल थिएन। बीचमा मिसअण्डरस्ट्यान्डिङ भयो। नक्सा जारी गर्ने दिन हाम्रो अभियान माइतीघरमा परेको थियो। हामीले एक हप्ताअघि नै अभियानको डिक्लियर गरेका थियौं। तर, सरकार पक्षबाट यस्तो प्रपञ्च रचियो कि– यो अभियान त देशद्रोही छ, इन्डियाले परिचालन गरेको र दलालहरुको भेला भन्न थाले। कतिलाई अमेरिकी एजेन्टसमेत भन्न भ्याए। त्यो भ्रममा कतिपय साथीहरुले नबुझ्दा आफ्नो व्यक्तिगत करिअरमा असर पर्ने डर भयो।
अनसन स्थलबाट अस्पताल किन र कसरी लगियो त ?
पाटनमा धेरै मानिसहरु आउन थालेपछि संक्रमणको जोखिम बढ्ने डर भयो। त्यसपछि टिम र विशेषज्ञको सुझावअनुसार असार १८ गते हामीलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगियो। सरकारी प्रतिनिधि पनि हुनुहुन्थ्यो।
अस्पताल लगेकै दिन प्रधानमन्त्री भेट्न आउनुभयो नि ?
हो। करिब ४५ मिनेटमै प्रधानमन्त्री आउनुभयो। ईः र म अस्पतालको इमर्जेन्सीमै थियौं। प्रधानमन्त्री आउने बेलामा मेरो होस खुलेको थियो। प्रधानमन्त्री इमर्जेन्सीमै आउनुभएको थियो। गृहसचिव, डाक्टर, पत्रकार लगायत ७÷८ जनाको टिम थियो।
प्रधानमन्त्रीले के भन्नुभयो त ?
उहाँले हामीलाई भेट्नु नै अभिभावकले भेट्नु हो। त्यसका लागि धन्यवाद दियौं। तर, जसरी देशको कार्यकारी प्रधानमन्त्रीले हामीले उठाएको मागको सम्बोधन गर्नुपथ्र्यो, त्यो गम्भीरता देखिएन।
प्रधानमन्त्रीको मनसाय के देखिन्थ्यो त ?
म पुगेपछि केटाकेटी हुन्, अनसन तोडिहाल्छन् भन्ने प्रधानमन्त्रीलाई लागेको रहेछ। जुस पनि बोकिएको रहेछ। प्रधानमन्त्रीले अनसन तोड्न अनुरोध गर्नुभयो। हामीले मानेनौं। वार्ता टोलीसँग कुरा गर्न अनुरोध गरेपछि हुन्छ भन्नुभयो। उहाँले कन्फिडेन्सका साथ हामीले कोरोना नियन्त्रणका लागि उत्कृष्ट काम गरेका छौं पो भन्नुभयो !
कोरोनाको नियन्त्रणको विषयमा तपाईंसँग प्रधानमन्त्रीले अरु के–के भन्नुभयो त ?
हामीलाई भेट्दा पनि उहाँले मैले पनि भर्खरै बेसार–पानी खाएर आएको छु भन्न पनि भ्याउनुभयो। त्यसपछि खासमा नेपालमा कोरोनाले जम्मा दुई जनाको मात्रै मृत्यु भएको छ भन्दिनुभयो। डा. अर्जुन कार्की त्यहीँ हुनुहुन्थ्यो। प्रधानमन्त्रीले त्यसो भन्दा विज्ञहरु अक्क न बक्क हुनुभयो।
प्रधानमन्त्रीले यसो भन्दा तपाईंलाई भने कस्तो लाग्यो ?
प्रधानमन्त्रीको सोचाइप्रति नै डर लाग्यो। हामीले उहाँलाई विज्ञको सल्लाह मानिदिन र हाम्रो कुरा सुनिदिन अनुरोध ग-यौं।
प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि त्यहाँ पुग्नु भएको थियो क्यार !
हो। रमाइलै थियो (हाँस्दै)। उहाँले अन्तिममा उहाँ जत्तिको काम त कुनै प्रधानमन्त्रीले पनि गर्दैन, चौबीसै घण्टा काम गर्नुहुन्छ पनि भन्न भ्याउनुभयो। अन्त्यमा प्रधानमन्त्रीले तपाईंहरुको मागको सम्बोधन गर्छु भनेर बाहिरिनुभयो।
पूर्व युवराज पारस पनि त अस्पतालमा पुगे हैन ?
हो, उनले फ्रेण्डली तरिकाले तपाईंहरुको अभियानमा म सहमत छु भन्नुभयो।
१२ दिनसम्म पानीसम्म नखाई अनसन बस्नुभएको भन्ने छ। अस्पताल गएपछि स्लाइन चढाउनुभयो नि ?
हो। अस्पतालमा बस्दा हामीले सत्याग्रहको नम्र्स नतोडिने गरी स्लाइन–पानी लियौं। डाक्टरले भनेअनुसार तीन घण्टा ढिलो भइदिएको भए मेरा दुईवटै किट्नी सटडाउन हुने रहेछ।
स्लाइन चढाएपछि केही शारीरिक ऊर्जाको महसुस भयो ?
हैन। अहिले पनि मेरो हात सुन्निएको छ (सुन्निएको हात देखाउँदै)। इन्जेक्शन मेरो सेन्सेटिभ हो। त्यसैले मेरो शरीर नै सुन्नीयो। असाध्यै दुख्यो। पाटनमा बस्दा भन्दा अस्पतालमा धेरै गह्रो भयो।
परिवार तथा आफन्तबाट अनसन नबस्न भनिएन ?
भनेका थिए। सरकार आफ्नै खिचातानीमा छ, मार्छ भनेका थिए। अभियानकै साथीहरु पनि आत्तिनुभएको थियो। तर, बरु मर्छौं छाड्दे भनेर ईः र मैले कम्तिमा २० दिन बस्ने भनेर मेन्टली प्रिपियर गरिसकेका थियौं।
अस्पतालमा बस्दा वार्ता कसरी अगाडि बढ्यो त ?
केही साथीहरु र वकिलले वार्ता गर्नुभयो। अस्पताल पुग्नुअघि पनि स्वास्थ्य मन्त्रालयसँग वार्ता भएको थियो। प्रधानमन्त्री अस्पताल आएको भोलिपल्ट पनि वार्ता भयो। हाम्रो माग १२ बुँदे थियो। सरकारले गोलमोटलरुपमा पाँच बुँदे दिएको थियो। २÷३ दिन फेरि तानियो। अनसन बसेको एघारौँ दिनमा स्वास्थ्य मन्त्रालय र हामीबीच १२ बुँदे सहमति भयो र १२ दिनमा सत्याग्रह तोड्यौं। हाम्रो मागभन्दा बढी हैन, हाम्रो अपेक्षाभन्दा बढी प्रतिबद्धता जनाएको छ। अब हेरौं के हुन्छ !
माग पूरा हुने कुरामा तपाईंहरु कत्तिको आशावादी हुनुहुन्छ ?
आरडिटी बन्द गर्ने लगायतका माग सम्बोधन हुँदै गएको देखिएको छ तर पिसिआरको दायरा घटिरहेकोमा आपत्ति छ। माग सम्बोधन हुनेमा हामी सकारात्मक चैं छौं।
माग सम्बोद्धन नभए के गर्नुहुन्छ ? कोभिड–१९ को नियन्त्रण गर्ने विषयमा तपाईंहरुसँग समझदारी पनि भयो। तर, यस सवालमा सरकारलाई कसरी हेनुभएको छ ?
यो मागको सम्बोधन नभए सायद हामीलाई डा. गोविन्द केसी जस्तै ठान्नुभएको होला। हामी डा. गोविन्द केसी हैनौं। त्यति धैर्य हामीसँग छैन। डा. गोविन्द केसी साइन गरेर काममा जानुहुथ्यो। हामी त्यसो गर्नेवाला छैनौं। हामी संविधानले दिएको अधिकार प्रयोग गर्छौं। माग सम्बोधन नभए सत्याग्रह गर्न पनि सक्छौं। यो छलफलको विषय छ।
कोभिड–१९ वा यसले सृजित समस्याले मान्छे मारिराखेको छ। जानीजानी हत्या गरिरहेको छ सरकारले। यसमा सरकार गम्भीर हुनै पर्छ, बरु हामीजस्ता युवालाई कोभिड–१९ नियन्त्रणका लागि तालिम दिए सरकारलाई सहयोग गर्न पनि तयार छौं।
तपाईंहरुलाई युवाहरुले सधैँ साथ देलान् र ? दैनिक गुजारा चलाउनुपर्नेले पनि साथ दिन सक्छन् ?
जसले यो मुद्दा बुझेको छ, जसलाई समस्या परेको छ, उसले साथ दिन्छ। यो अभियानको पक्ष नै सामान्य रोजीरोटीको समस्या नहुने व्यक्तिलाई आउन सहज हुन्छ र उसले आउनुपर्छ।
फोटोः रामेश्वर तिमल्सिना
Leave A Comment