पर्यटक उडाउँदै चेली

शुक्रबार, ०७ जेठ २०७३, ०३ : ०८
पर्यटक उडाउँदै चेली

–मनोज घर्तीमगर
पहिलोपटक पोखरा आउनेहरू आकाशमा ठूलो पखेटा भएको वस्तु नियालेर रमाउँछन् । कसैले हवाईजहाज भएको अनुमान लगाउँछन्, कसैले चराचुरुङ्गी । पोखरा बाहिरबाट आउने धेरैको अनुमान मेल खाँदैन । किनकि, ती आकाशमा उड्ने रंगीबिरंगी वस्तु प्याराग्लाइडिङ हुन् । विश्वकै पाँचौ उपयुक्त स्थान मानिएको सराङकोटबाट दिनहुँ प्याराग्लाइडिङ उड्थे । जहाँ पुरुष पाइलटमात्रै हुन्थे । समयले कोल्टे फेरेको छ । केही वर्षयता पोखराको आकाशमा महिला पाइलटले प्याराग्लाइडिङ यात्रु उडाउँदै छन् । प्याराग्लाइडिङ उड्न डराउनेको भीडमा महिला आफैँ पाइलट बनेर उडाइरहेको देख्दा धेरै छक्क पर्छन् । पुरुÈजस्तै केही युवती प्याराग्लाइडिङ पाइलटका रूपमा पोखराको आकाशमा कावा खाइरहेका भेटिन्छन् । ‘दाइभाइ सबै प्याराग्लाइडिङमा यात्रु राखेर उड्दा मलाई पनि रहर लाग्यो,’ पाइलट पुनम बम्जन भन्छिन्, ‘रहर पूरा गर्न उत्साहित भएर पाइलट भएकी हुँ ।’

उसो त बम्जन परिवारको व्यवसाय नै प्याराग्लाइडिङ थियो । झन्डै २० वर्षअघि राजेश बम्जनले खोलेको सनराइज प्याराग्लाइडिङको सामिप्यतामा हुर्किइन् पुनम । उतिबेला महिला प्याराग्लाइडिङ पाइलट थिएनन् । सनराइजमै बस्दा आक्कलझुक्कल भए पनि विदेशीले सोध्ने गर्थे, ‘यू ह्याब लेडिज पाइलट ?’ पुनमलाई लाग्यो, महिला प्याराग्लाइडिङ पाइलट भए व्यवसाय राम्रै होला । अनि,  तालिम लिन कस्सिइन् उनी । सन् २००९ बाट उनी पोखराको आकाशमा उड्न थालिन् । ‘प्याराग्लाइडिङमा लेडिजका लागि झन् बढी स्कोप छ । साहसिक खेल भएकाले केटा र केटी भन्ने हुँदैन । जोसँग साहस छ त्यसले गर्छ सक्छ,’ फिनिक्स प्याराग्लाइडिङ कम्पनी चलाइरहेकी पुनम भन्छिन् ।

पोखराको आकाशमा सबैभन्दा पहिले उड्ने युवती हुन्, लेकसाइडकी प्रतिभा बोगटी । उनी आफूमात्रै उडिनन्, कयौँलाई प्याराग्लाइडिङमा उडाइन् । अनि, त्यही बाटोमा हिँड्न अरू युवतीलाई पनि साहस भरिदिइन् । प्याराग्लाइडिङमा यात्रु उडाउन थालेकी अर्की पाइलट हुन्, कृसु पौडेल । लेकसाइडकै स्थानीय उनलाई आकाशभरि प्याराग्लाइडिङको ता“ती देख्दा आफूलाई पनि त्यसरी नै उड्ने चाहना पलाउ“थ्यो । त्यो चाहना कृसुले प्याराग्लाइडिङ उडाएर पूरा गरेकी छिन् ।

धेरैभन्दा धेरै महिला पाइलट भित्र्याउने नेपाल हवाई खेलुकद संस्थाले पहल गरे पनि सोचे जति आउन सकिरहेका छैनन् । पोखरामा एक सिजनमा झन्डै सयभन्दा बढी युवा प्याराग्लाइडिङ पाइलटको लाइसेन्स लिन प्रशिÔणका लागि आए पनि महिलाको संख्या कमै हुन्छ । तर, बिस्तारै महिला पाइलट पनि बढ्दै छन् ।

 

Leave A Comment