रत्नशमेशरलाई ‘मुक्तक पुरस्कार’

शुक्रबार, ०७ जेठ २०७३, ०३ : ११
रत्नशमेशरलाई ‘मुक्तक पुरस्कार’

‘राष्ट्रिय मुक्तक पुरस्कार–२०७२’बाट मुक्तककार रत्नशमशेर थापा पुरस्कृत भएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले थापालाई शुक्रवार ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गर्दै सम्मानपत्र र दोसल्ला ओडाए । साहित्यकार तीर्थ श्रेष्ठको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले थापालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । पोखरेली साहित्यकार विष्णुकुमार श्रेष्ठ (अल्पविरामल)ले १ लाख ११ हजारको अक्षयकोषबाट स्थापना गरेको पुरस्कार मुक्तक मञ्च पोखराले सञ्चालन गर्छ ।
दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार नेपाली मुक्तकको विकास र उन्नयनमा योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने मुक्तक मञ्च पोखराका अध्यक्ष सरला लामिछाने जानकारी दिइन् । थापाले विस. २०१२ सालमा मुक्तक लेखन सुरु गरेको र २०१८ सालमा एकैपटक आठ मुक्तक प्रकाशन गरेका थिए । विसं १९९६ सालमा काठमाडौँमा जन्मिएका थापा गीतकारका रूपमा परिचित छन् ।

 

Leave A Comment