पोखरामा ‘क्युएफएक्स सिनेमाज’

बिहिबार, २३ भदौ २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
पोखरामा ‘क्युएफएक्स सिनेमाज’

पोखरामा थ्रीडी सुविधा सहितको क्युफएक्स थिएटर सुरु हुने भएको छ । मनकामना माई इन्टरटेनमेन्ट र क्युएफएक्स सिनेमाबीच गत भदौ १२ गते भएको सम्झौताअनुसार पोखराको पोखरा सिनेप्लेक्सको सम्पूर्ण व्यवस्थापन क्युएफएक्स सिनेमाले लिने भएको हो । थिएटरको नाम अब क्युएफएक्स सिनेमाज, सिनेप्लेक्स पोखरा रहनेछ ।
क्युएफएक्सद्वारा जारी विज्ञप्तिमा गत वर्षदेखि सञ्चालनमा आएको पोखरा सिनेप्लेक्सले वातानुकूलित हलमा टूके प्रोजेक्टरमार्फत थ्रीडी सुविधा सहितको फिल्म देखाउँदै आएको जनाइएको छ । फिल्मप्रेमीलाई बढीभन्दा बढी मनोरञ्जनात्मक फिल्म, अझ उच्च स्तरको सेवा र सुविधा प्रदान गर्ने क्युएफएक्सले जनाएको छ ।
१६ वर्षअघि खुलेको क्युएफएक्सले काठमाडौँमा जय नेपाल हललाई पुनःनिर्माण गरेर अत्याधुनिक सुविधासहित फिल्म हल सुरु गरेको थियो । यसको काठमाडौँमा चारवटा, नारायणगढ, नेपालगञ्जमा एकएकवटा हल छ ।

 

Leave A Comment