‘गीत नसुने त टेन्सन हुन्छ’

आइतबार, २६ भदौ २०७३, १० : १४ हिमाल लम्साल , Kathmandu
‘गीत नसुने त टेन्सन हुन्छ’

बा. १ ज १३०६
केशव खत्री, ट्याक्सी चालक

के छ खबर गुरुजी ?
ठीकै छ ।
घर कता प¥यो यहाँको ?
रामेछाप ।
कसरी आइयो गाडी लाइनमा ?
सानैदेखि ड्राइभर बन्ने रहर थियो । पढाइलेखाइमा त्यतिधेरै मन गएन । साथीभाइसँग गाडीमा हिँडिन्थ्यो । बिस्तारै गाडी सिकेर ड्राइभर बनियो ।
कति वर्ष भयो गाडी लाइनमा आएको ?
१५ वर्ष भइसक्यो । पहिला साथीको गाडीमा हिँडियो । त्यतै काम सिकियो । बिस्तारै आफैँ चलाउन थालेको हुँ ।
ट्याक्सी तपाईको कि साहूको ?
साहूको हो ।
 कति कमाइन्छ ?
साहूलाई दिनको आठ सय बुझाउनुपर्छ । पेट्रोल आफैँ हाल्नुपर्छ । खर्च कटाएर १२ सयजति कमाइन्छ ।
गीत/संगीत कत्तिको सुन्नुहुन्छ ?
गीतसंगीत धेरै सुनिन्छ । ड्राइभरको जिन्दगी न प¥यो तनाव भइराख्छ । गीत नसुने त टेन्सन भइहाल्छ नि ! त्यसैले नियमित गीत सुन्दै आएको छु ।
कस्ता गीत सुन्नुहुन्छ ?
यस्तै नै भन्ने छैन । सबै किसिमका गीत सुन्छु । गीतसंगीत ड्राइभरको सहारा नै भइहाल्यो । गीत सुन्न नपाए ड्राइभरको ‘मुड अफ’ भइहाल्छ ।
कुन गायक/गायिका मन पर्छन् ?
मलाई मन पर्ने गायक नारायण गोपाल हुन् । गायिकामा कुन्ती मोक्तान मन पर्छ ।
फिल्म कतिको हेर्नुहुन्छ ?
खासै हेर्दिनँ । फुर्सद मिलेको बेला हेर्छु ।

गाडी लाइनका चुनौती के हुन् ?
कमाइभन्दा ट्राफिक जरिवाना धेरै छ । यातायात विभागले ट्याक्सी थपेकोथप्यै छ । पार्किङ गर्ने ठाउँ छैन । सडक भत्किएर एम्बुसजस्ता भएका छन् ।
ट्राफिक नियम उल्लघंन गर्नेलाई जरिवाना बढेको छ ? के भन्नु हुन्छ ?
गल्ती गर्नेलाई कारबाही गर्नु त जायज हो । तर, कहिलेकाहीँ ट्राफिकले बिनाकारण दुःख दिइरहेका हुन्छन् ।
के कुरामा ट्राफिकले दुःख दिन्छन् ?
प्यासेन्जर पैसा बार्गेनिङ गरेर चढ्छन् । ट्राफिकले किन मिटरमा नचलाएको भन्दै दुःख दिने गर्छन् । हामीले कसको कुरा सुन्ने खोइ !
राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ ?
खासै मतलब गर्दिनँ । नेताहरू देशविकासभन्दा कमाउधन्दामा व्यस्त छन् ।
 

 

 

Leave A Comment