विनोद भए ‘मिस्टर माछापुच्छे’

बुधबार, २९ भदौ २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
विनोद भए ‘मिस्टर माछापुच्छे’

विनोद भए ‘मिस्टर माछापुच्छे«’
तेस्रो ‘मिस्टर माछापुच्छ«े’को उपाधि पाल्पाका विनोद वज्राचार्यले जितेका छन् । कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ पोखराले आइतवार गरेको प्रतियोगितामा विनोदले उपाधि जितेका हुन् । पश्चिमाञ्चल क्षेत्रीय स्तरको खुल्ला शारीरिक सुगठन प्रतियोगितामा ७५ केजीभन्दा माथि तौलका हेभी वेट विनोद तेस्रो मिस्टर माछापुच्छ«े च्याम्पियन भए । उपाधिसँगै विनोदले ट्रफी, ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर पाए । अन्तिम प्रतिस्पर्धामा विनोदले कपिलवस्तुका सुरेन्द्रप्रसाद वर्मा, कास्कीका कमल भण्डारी र मनोज केसी तथा रूपन्देहीका ताराबहादुर थापा र कृष्णप्रसाद श्रेष्ठलाई हराएका थिए ।
पहिलो चरणमा विनोदले ७५ केजीभन्दा माथिको हेभी वेट तौलमा कास्कीका म्याक गुरुङ, नारायणप्रसाद शर्मा, सुनील पोखरेल र रमेश बिकलाई उछिन्दै फाइनलमा स्थान बनाएका थिए । विजेता खेलाडीलाई कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष शंकरमान उदास, पोखरा उद्योग वाणिज्य संघका महासचिव रविनसन प्रजु, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक लगायतले पुरस्कार, मेडल तथा नगद प्रदान गरेका थिए । भदौ १७ गतेदेखि सुरु प्रतियोगितामा छ जिल्लाका ६५ जना खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा कास्कीको बडी विल्डिङ खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै संघका उपाध्यक्ष विमल वस्याललाई सम्मान गरिएको थियो ।

Leave A Comment