‘पहिलेजस्तो कहाँ छ र कमाइ ?’

शुक्रबार, ३१ भदौ २०७३, १० : २४ शुक्रवार , Kathmandu
‘पहिलेजस्तो कहाँ छ र कमाइ ?’

रामबहादुर गिरी, ट्याक्सी चालक
बा १ ज १५९८

गुरुजीको घर कता प¥यो ?
नाम्दु–३, दोलखा  ।
कसरी आइयो गाडी लाइनमा ?
घरको आर्थिक अवस्था साह्रै नाजुक थियो । ‘डेढ’ कक्षा पढ्दापढ्दै काठमाडौँ आइयो । केही समय अरूकै घरमा काम गरियो । १४ वर्षको उमेरदेखि टेम्पो चलाउन थालेको हुँ । छ वर्ष विनालाइसेन्स टेम्पो चलाएँ ।
विनालाइसेन्स टेम्पो चलाउँदा कारबाहीमा परिएन ?
त्यतिबेला अहिलेजस्तो चेकिङ खासै हुदैन्थ्यो ।
कति वर्ष भयो गाडी चलाउन थालेको ?
३३ वर्ष । यो अवधिमा धेरै गाडी चलाइयो । टेम्पो, ट्रक, बस, माइक्रोबस र अहिले ट्याक्सी चलाउँछु ।
किन गाडी फेरेकोफे¥ये गर्नुभयो ?
एउटा सवारी चलाउँदा अर्काेबाट धेरै कमाइ हुन्छ कि भन्ने लाग्थ्यो र गाडी बदलिरहन्थेँ ।
त्यसो भए त पैसा धेरै नै कमाइएको होला है ?
पहिला कमाइ राम्रै हुन्थ्यो । गाडीकै कमाइबाट दोलखाको चरिकोट र काठमाडौँमा घर बनाएको छु । छोराछोरीलाई पनि पढाएँ । तर, अचेल गाडी लाइनमा कमाइ खासै छैन । पहिलेजस्तो कहाँ छ र कमाइ ?  
किन ?
प्रतिस्पर्धा धेरै छ । गाडी थपिएकाथपियै छन् । गाडीका पाटपुर्जा र नवीकरण शुल्क दोब्बर बढेको छ । तर, पेसेन्जर भने घटिरहेका छन् ।
गीतसंगीत कत्तिको सुन्नुहुन्छ ?
गीतसंगीतको त पारखी नै हुँ । गीत गुनगुनाउने गर्छु, धु्रवकुमार गिरीसँग मिलेर ‘नगरकोटमा भंगेरी दरबार’ भन्ने लोकगीत पनि निकालेको छु ।
फिल्म कत्तिको हेर्नुहुन्छ ?
हलमा गएर फिल्म नहेरेको १८ वर्ष भइसक्यो । कहिलेकाहीँ परिवारसँग बसेर घरमै हेर्ने गर्छु ।

प्रस्तुतिः हिमाल

 

Leave A Comment